तीन महिनाको अवधिमा १८ करोड बढीको तरकारी निकासी


सल्यान ।
सल्यानबाट तीन महिनाको अवधिमा १८ करोड बढीको तरकारी निकासी भएको छ । कृषि उपज बजार सञ्चालक समिति कपुरकोटका अनुसार असार १ देखि भदौ ३१ गतेसम्म ३१ लाख २१ हजार आठ सय ८६ किलो ताजा तरकारीबाट १८ करोड ४० लाख ७१ हजार दुई सय ११ रुपैयाँ भित्रिएको छ ।
३० लाख ३० हजार चार सय ५९ किलो ताजा तरकारी, ५२ हजार नौ सय ८३ किलो अदुवा र ३८ हजार चार सय ४४ किलो फलफूल जिल्ला बाहिर निकासी भएको कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष तिलक शर्माले जानकारी दिए । सञ्चालक समितिका अनुसार जिल्लाबाट सबैभन्दा धेरै टमाटर निकासी भएको छ ।
तीन महिनाको बिचमा १० लाख ३१ हजार सात सय ७८ किलो टमाटरबाट ६ करोड ९४ लाख १७ हजार पाचा सय ७४, ६लाख १२ हजार आठ सय ५४ किलो बन्दा गोभीबाट एक करोड ३२ लाख ३० हजार सात सय ३८, ३५ हजार तीन सय ५६ किलो काउलीबाट दुई करोड १२ लाख ७५ हजार सात सय ६०, दुई लाख ९२ हजार ७७ किलो सिमीबाट दुई करोड ५६ लाख चार सय २३, दुई लाख ९६ हजार पाचँ सय ९९ किलो भेडे खुर्सानीबाट दुई करोड १५ लाख ४२ हजार पाचँ सय ३३, ७४ हजार चार सय ४९ किलो हरियो खुर्सानी मोटोबाट ४६ लाख आठ हजार आठ सय १४, ५४ हजार एक सय ४१ किलो हरियो खुर्सानी मसिनोबाट २८ लाख ९५ हजार नौ सय ४९, ४० हजार ६ सय ८० किलो माछे खुर्सानीबाट २३ लाख ७८ हजार नौ सय ८६ रुपैयाँ भित्रिएको समितिका अध्यक्ष तिलक शर्माले जानकारी दिए ।
यस्तै एक लाख ४५ हजार एक सय ५० किलो काँक्रोबाट ५० लाख ४१ हजार ४५ रुपैयाँ, ४४ हजार ६ सय ६७ किलो लोकल काँक्रोबाट ३४ लाख ६३ हजार तीन सय आठ रुपैयाँ, २३ हजार दुई सय ५८ किलो मुलाबाट १० लाख २९ हजार ४९ रुपैयाँ, ५२ हजार तीन सय ५८ किलो पुरानो अदुवाबाट ७४ लाख ८९ हजार आठ सय ७६ रुपैयाँ, ६ सय २५ किलो नयाँ अदुवाबाट ४८ हजार आठ सय ७५ रुपैयाँ, आठ हजार तीन सय ६४ किलो सागबाट सात लाख ४३ हजार ६ सय पाचँ रुपैयाँ, सात हजार एक सय ९० किलो धनियाँबाट ८० लाख आठ हजार आठ सय १२ रुपैयाँ, १७ हजार दुई सय ६ किलो नास्पातीबाट २६ लाख दुई हजार सात सय ७० रुपैयाँ, १६ हजार सात सय ८८ किलो आँपबाट ५८ लाख एक हजार पाचँ सय ६० रुपैयाँ जिल्लामा भित्रिएको शर्माको भनाई छ ।
यस्तै चार हजार पाचँ सय ५० किलो कागतीबाट २६ लाख ६ हजार एक सय २५ रुपैयाँ, एक हजार दुई सय १० किलो स्कुसबाट ३० हजार नौ सय ५० रुपैयाँ, सात सय ४० किलो फर्सीबाट २७ हजार आठ सय रुपैयाँ, ६ हजार ६ सय ४६ किलो भान्टाबाट दुई लाख ५५ हजार सात सय ५२, पाचँ हजार नौ सय ६ किलो तिते करेलाबाट दुई लाख ५५ हजार सात सय ५२ रुपैयाँ, ६ हजार पाचँ सय ९० किलो आलुबाट २४ लाख रुपैयाँ, तीन हजार ७५ किलो लोकल सिमीबाट दुई लाख ८७हजार तीन सय ७५ रुपैयाँ, ६ सय ४० किलो राजमा सिमीबाट ८८ हजार आठ सय र एक हजार पाचँ सय ८० किलो लसुनबाट एक लाख २६ हजार चार सय रुपैयाँ किसानले प्रत्यक्ष रुपमा पाएको उनको भनाई छ ।






