भेरीगंगा र पञ्चपुरीबाट लागूऔषध सहित दुई जना पक्राउ


सुर्खेत ।
भेरीगंगा नगरपालिका–५ बबई चेक पोष्ट स्थित चेकिङमा खटिएको प्रहरी टोलीले जुम्लाको चन्दननाथ नगरपालिका–५ का २८ बर्षका युवराज अधिकारीलाई लागूऔषध सहित पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको कर्णाली प्रदेश पदेश ०२००१ ख ०१०२ नम्बरको फोर्स गाडिलाई चेक जाच गर्दा अधिकारीले कम्मरमा बाधेको मनि पर्स भित्र लुकाएर राखेको ३ पोका, नापतौल गर्दा शुद्ध ११ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
उनलाई ईलाका प्रहरी कार्यालय छिन्चुमा राखेर थप अनुसन्धान भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै पञ्चपुरी नगरपालिका–४ बराइचेबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएकोे प्रहरी टोलीले हुम्लाको सर्केगाड गाउँपालिका–४ बस्ने अन्दाजी २७ बर्षका मोहन शाहीलाई सोमबार पक्राउ गरेको हो ।
लागूऔषध कारोबार भईरहेको अवस्थामा प्रहरीले नापतौल गर्दा शुद्द तौल १८० मिलिग्राम रहेको लागूऔषध सहित शाहीलाई पक्राउ गरेको हो ।






