नेकपा एमाले कर्णाली सरकारबाट नबाहिरिने

सुर्खेत । कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार नेकपा एमाले नबाहिरिने भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले संविधानको धारा १८८ (२) बमोजिम संसदमा विश्वासको मत छ भनि राखेको प्रस्तावको छलफलमा बोल्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले एमालेले सरकारलाई दिएको समर्थन जारी राख्ने बताए ।

‘कर्णाली प्रदेश बनाउन आएका हामी प्रदेशसभाका ४० जना सांसद दलिय राजनीतिमा लागेर गठवन्ध मात्रै बनाएर जाने हो भने, त्यो समय खेर फाल्नु हो ।’ नेता कँडेलले भने, ‘समृद्ध कर्णालीका निमित्त प्रदेश सरकार निर्माणमा नेकपा एमाले हिजो पनि साथमा थियो

आज पनि साथमा छ र भोलि पनि रहन्छ । यसमा कुनै दुविधा छैन, हामी सत्ता पक्षकै सिटमा बसेका छौँ ।’

विद्यमान व्यवस्था विरोधी आवज उठ्न थालेको र भुराजनीतिक असरले देशको अर्थतन्त्र धरासायी बन्दा त्यसको प्रत्यक्ष मारमा प्रदेशहरु पर्दै गएकाले सबै दल मिलेर जानुको विकल्प नरहेको नेता कँडेलको भनाई छ ।

नेकपा एमाले कर्णाली सरकारबाट नबाहिरिने

मुख्यमन्त्री शर्माले पाए दोस्रो पटक विश्वासको मत

Leave a comment

Your email address will not be published. Required fields are marked *