मुख्यमन्त्री शर्माले पाए दोस्रो पटक विश्वासको मत

 सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्मा संविधानको धारा १८८ (२) बमोजिम शुक्रवार कर्णाली प्रदेशसभामा विश्वासको मत छ भनि दर्ता गराएको प्रस्तावको पक्षमा ३८ सांसदले मतदान गरेका थिए भने हुन्न भन्ने पक्षमा एक जना सांसदले मतदान गरेका थिए ।

मुख्यमन्त्री शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९ तथा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । यस्तै, ४० जना सांसद रहेको कर्णाली प्रदेश सभामा एमालेकी नन्दा गुरुङ्ग सभामुख छिन भने राप्रापाकी सन्तोषी शाहीले विपक्षमा मतदान गरिन । शर्माले माघ ६ गते विश्वासकाे मत लिएका थिए ।

मुख्यमन्त्री शर्माले पाए दोस्रो पटक विश्वासको मत

नेकपा एमाले कर्णाली सरकारबाट नबाहिरिने

मुख्यमन्त्री शर्माले पाए दोस्रो पटक विश्वासको मत

YUGAAWHAN NATIONAL DAILY (2079-12-18)

Leave a comment

Your email address will not be published. Required fields are marked *