दुरसञ्चार सेवाकाे गुणस्तरियताका बारेमा छलफल

सुर्खेत । कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको वर्र्तमान अवस्था, दुरसञ्चार सेवाको गुणस्तर विषयमा सरोकारवाहरुसँग छलफल गरिएको छ । नेपाल दूरसञ्चार प्राधिरणको आयोजनामा वीरेन्द्रनगरमा सेवा प्रदायक र सरोकारवाहरुसँग छलफल कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रममा बोल्दै कणर्ाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दूरसञ्चार सेवाको विषयमा वहस आवश्यक रहेको बताए ।

उनले भने, ‘हाम्रो राज्यको मूल निति नै पहिलो सिद्धान्त हो । आजको युगमा दूरसञ्चार प्रयोग गर्ने सन्दर्भमा हाम्रा समस्या कहाँ निर छन् । दूरसञ्चारले निर्भाह गर्नुपर्ने भूमिका पुरा भएको छ कि छैन । यो विषयमा गम्भीर बहस र छलफल गर्न जरुरी छ ।’ यसका साथै दूरसञ्चार प्राधिकरणले सेवा प्रवाहमा आफ्नो भूमिका पूरा गर्न सक्यो कि सकेन् भन्ने विषयको तथ्यांक राख्नुपर्ने उनको सुझाव छ ।

प्राधिकरणले कर्णाली प्रदेशमा सेवाको वर्तमान अवस्था, गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवालासंग अन्तरक्रिया गरेको हो ।कार्यक्रममा दूरसञ्चारको समस्याहरुको जानकारी लिने, उपभोक्ताहरुलाई सूसुचित गर्ने, स्वीकृति प्राप्त सेवा प्रदायकहरुसँग स्थानीय तहमा छलफल गरी समस्याको जानकारी लिई समाधानको उपायहरुको पहिचान गर्न कार्यक्रमको आयोजना गरिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, दूरसञ्चारको वास्तविक अवस्थाको बारेमा छलफल गर्ने, सेवा प्रदायक, नियमक, निकाय, उपभोक्ताहरुलाई एकै स्थानमा ल्याएर एक अर्काको समस्याहरुको छलफल, सेवा प्रदायक र सरोकारवालाहरुबीच सेवाको गुणस्तर, उपलब्धता मर्मत सम्भार र भावि योजनाहरुको सम्बन्धमा छलफल गरी प्राधिकरणले चाल्नु पर्ने भावि कदम बारे जानकारी लिइने र समग्रमा कणर्ाली प्रदेशमा दूरसञ्चार सेवाको अवस्थाबारे छलफल भएको थियो । कार्यक्रममा कर्णालीका मन्त्रीहरु, स्थानीय तहका प्रमुख, उपप्रमुख, संम्बन्धित निकायका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

दुरसञ्चार सेवाकाे गुणस्तरियताका बारेमा छलफल

काम नगर्ने ठेकेदारलाई कारबाही गरिँदै

दुरसञ्चार सेवाकाे गुणस्तरियताका बारेमा छलफल

तीन करोड नजिक नेपालको जनसंख्या (पूर्ण पाठ)

Leave a comment

Your email address will not be published. Required fields are marked *