वडा कार्यालय द्वारा जेष्ठ नागरिकलाई सम्मान

दिलिप ढकाल
सुर्खेत,२ फागुन ।
सुर्खेतको भेरिगंगा नगरपालिका वडा नम्बर १० को वडा कार्यालयले विभिन्न व्यक्तिहरु लाई सम्मान गरेको छ। वडा कार्यालयमा एक कार्यक्रम को आयोजना गरि दलित जेष्ठ नागरिक,जेष्ठ नागरिक स्वयम् सेविका तथा बिभिन्न टोल बिकास सस्थाका अध्यक्षलाइ सम्मान गरिएको हो।

१० नम्बर भित्रका २३० जना दलित जेष्ठ नागरिक तथा जेस्ठ नागरिक लाई ए.सी. बलाङ्केट सहित टिका लगाएर सम्मान गरिएको थियो। त्यस्तै वडा भित्रका ९ जना स्वयम् सेवक लाई पछ्यौरा तथा टिका लगाएर संम्मान गरिएको थियो भने टोल बिकास सस्थाका १२ जना अध्यक्षलाई झोला वितरण गरिएको भेरिगंगा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष बिर बहादुर बस्नेतले जनाकारी दिए ।

दलित जेष्ठ नागरिक,जेष्ठ नागरिक नियमित कार्यक्रम अनुसार सम्मान गरिएको तथा स्वयम् सेविका तथा बिभिन्न टोल बिकास सस्थाका अध्यक्षलाई आफ्नो नियमित काममा थप उर्जा प्रदान गर्नको लागि सम्मान गरिएको अध्यक्षले बताए ।

सम्मान भएका दलित ,जेष्ठ नागरिकहरुले सम्मान पाउदा खुसि ब्यक्त गरेका छन्। त्यस्तै स्वयम् सेवक एवं टोल बिकास सस्थाका अध्यक्ष हरुले वडा कार्यालयले गरेको सम्मानले आफ्नो काममा थप उर्जा प्रदान गर्ने बताएका छन्।






