एभरेष्ट क्लव दैलेखको सामाजिक परीक्षण

दैलेख, ८ असोज ।
जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले गैरसकारी संघसंस्थाहरुले सामाजिक विकासको क्रियाकलापहरु सञ्चालन गर्दा सहकार्यता र अनुशासनलाई बढावा दिनुपर्ने बताएका छन् । एभरेष्ट क्वलको सामाजिक परीक्षण कार्यक्रममा उनले सो विचार राखेका हुन् ।

प्रमुख शाहीले सुशासन र पारदर्शिताको अभ्यासमा गरिने सामाजिक परीक्षण कार्यक्रमहरुले संस्थाका कार्यक्रम सन्तोषप्रद रुपमा चलिरहेको आफूले ठानेको बताए । उनले समाजमा व्यवहारिक परिवर्तनका निम्ति अझैं प्रयत्न गर्न सुझाव दिए ।

गैरसरकारी संस्थाका अध्यक्ष महारुप खत्रीले सबैलाई सधैं सन्तुट गराउन नसकिए पनि गैरसरकारी संस्थाहरुले गरिरहेका पारदर्शिताका अभ्यासलाई सरकारी निकायहरुले पनि अनुशरण गर्नुपर्ने सुझाव दिए ।

सुशासनकर्मी युवराज शाहीले सहजीकरण गरेको सामाजिक परीक्षण कार्यक्रममा नेकपा एमालेका पूर्णबहादुर शाही, नेपाली काँग्रेसका पदम सुनार लगायतले सुझाव दिएका थिए । सामाजिक परीक्षणको क्रममा एभरेष्ट क्लवले पहिले ३७ वटा कार्यक्रम सम्पन्न गरेको र ९ वटा चालु अवस्थामा दैलेखका ११ वटै स्थानीय तहहरुमा सञ्चालन भइरहेको जनाइएको छ । अघिल्लो आर्थिक वर्षमा १२ करोड, ३९ लाख १३ हजार तीन सय २८ रुपैंयाँ खर्च गरेको जनाइएको छ ।

एभरेष्ट क्लव दैलेखको सामाजिक परीक्षण

विषयगत संकेत अभावले पठनपाठनमा समस्या

एभरेष्ट क्लव दैलेखको सामाजिक परीक्षण

बडाखोलीमा दलित मानव अधिकारको अवस्था र समाधानका

Leave a comment

Your email address will not be published. Required fields are marked *