भेरीगंगामा राष्ट्रिय युवा संघद्वारा राहात बितरण

सुर्खेत, १० बैशाख ।
भेरीगंगा नगरपालिकाका अतिविपन्न परिवारलाई राहत वितरण गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल भेरीगंगाका युवाहरुले राहात सामाग्री वितरण गरेका हुन । राष्ट्रिय युबा संघका केहि युबाहरुले आर्थिक संकलन गरी भेरीगंगाका बिभिन्न वडाका २ सय १२ अति बिपन्न घर परिवारलाई राहत बितरण गरेको हो ।

भेरीगंगा नगरपालिका वडा नं. ९ बाट २९ घरधुरी, वडा नं. ६ बाट ५६ घरधुरी, वडा नं. ११ बाट ५९ घरधुरी, वडा नं. १३ बाट ५८ घरधुरी र वडा नं. १० बाट ११ घरधुरी गरी जम्मा २१२ घरधुरीलाई प्रत्येक घरलाई १५ किलो चामल, १ प्याकेट नुन र १ लिटरको तेल एक बोतलको दरले बितरण गरिएको राष्ट्रिय युबा संघ नेपालका युबा नेता बिक्रम बिकले जानकारी दिएका छन् ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमण जोखिम हुन नदिन गरिएको लकडाउनले गर्दा कुनै पेसा ब्यबसाय नभएका ज्यालादारी काम गर्ने परिवारमा खर्च चलाउन मुस्किल भएपछि युबा संघका केहि युबाहरुले आर्थिक संकलन गरी सहयोग गरेका हुन । राहत लिएका पिडितहरुले संकटको घडिमा आफुहरुलाई सघाएको भन्दै खुशी सगंै धन्यवाद ब्यक्त गरेका थिए ।

भेरीगंगामा राष्ट्रिय युवा संघद्वारा राहात बितरण

दैलेखका सबै पालिकाको हेल्प डेस्क गुराँसेमा

भेरीगंगामा राष्ट्रिय युवा संघद्वारा राहात बितरण

कोरोना संक्रमित : नेपालमा ४५ जना, भारतमा

1 Comment

  1. नारायण कुमार पुनमगर
    28th Apr 2020 Reply

    गर्नु पर्छ जनताको लागि यो देश रोग भोक र शोकमा परेको अबस्थामा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds