कर्णाली लोकमार्गको यात्रा कष्टकर

कालिकोट, १९ असार ।

कर्णाली लोकमार्गको यात्रा भन्ने बित्तिकै हिउँदमा धूलो र वर्षामा हिलोको कष्ट नै यात्रुको दिमागमा आउँछ । सुर्खेतको वाङ्गेसिमलबाट जुम्लासम्म २३२ किलोमिटर सडक छ । कालीकोट सदरमुकाम मान्मसम्म १४७ किलोमिटर सडक पर्दछ । बाँकी ८५ किलोमिटर सडक कालीकोटबाट जुम्लासम्म हो ।

कर्णाली लोकमार्गमा सबैभन्दा डरलाग्दो दैलेख खण्डको सियाला, पादुका, साङगे बजार, राकम क्षेत्रमा पर्दछ । कालीकोटको गगनेखोला, सेरीघाट, मेग्रखोला, तल्लो माथिल्लो सुनारखोला, पिली टाकुल्ला खोलामा दैनिक नागरिकले दुःख पाउँदै आएका छन् । लोकमार्गका दुई दर्जनभन्दा बढी स्थानमा वर्षात्को समयमा सडक अवरोध हुने गरेको छ ।

कर्णालीमा खासै ठूलो वर्षा भएको छैन । तर, सामान्य वर्षाले पनि लोकमार्गका विभिन्न ठाउँका खहरेखोलाले सडक अवरुद्ध हुँदै आएको छ । कालीकोट खण्डमा पहिरो बगिरहेकाले दैनिक यातायात अवरुद्ध हुने गरेको छ । सुनारखोलाले सबैभन्दा बढी दुःख यसपालि पनि दिइरहेको छ ।

सुनारखोलामा दैनिक एक्साभेटरले गाडी तान्ने काम गरिरहेको जिल्ला ट्राफिक कार्यालय कालीकोटले जनाएको छ । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले कालीकोटको पहिरो सफाका लागि वर्षात्को समयमा एक्साभेटर तयारी अवस्थामा राख्न सम्बद्ध निकायलाई निर्देशन दिएका  छन्  ।

अहिले एक्साभेटरले पहिरो पन्छाउने र गाडीलाई तान्ने काम गरिरहेको छ । यसअघि सो सडकखण्डमा यातायात अवरुद्ध हुँदा स्थानीयले ज्यादै दुःख खेप्दै आएका थिए । नगरपालिकाले पनि अवरुद्ध सडक खुलाउनेतर्फ चासो दिँदै आएको छ । यद्यपि महालेखाको प्रतिवेदनमा राष्ट्रियस्तरका सडक खुलाउन एक्साभेटर प्रयोग गरेको भन्दै नगरपालिकाले भुक्तानी गरेको बजेटमा बेरुजु देखाएपछि पालिकाले खासै चासो दिएको छैन ।

स्रोत :  गोरखापत्र

प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा कर्मचारी माग

कर्णाली लोकमार्गको यात्रा कष्टकर

जाजरकोटको कारागारमा क्षमताभन्दा दुइ गुणा बढि कैदि

Leave a comment

Your email address will not be published. Required fields are marked *