एसओएसमा बालबालिकाको स्वास्थ्य परीक्षण

सुर्खेत, ६ असार ।
एसओएस हर्मन माइनर विद्यालय सुर्खेतका बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । ३६ औँ अन्तर्राष्ट्रिय एसओएस दिवसका अवसरमा सोमबार स्वास्थ्य शिविर आयोजना गरिएको थियो । विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा दुईसम्म अध्ययनरत करिब एक सय पचास जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।

कार्यव्रmमको आयोजना एसओएस हर्मन माइनर विद्यालयबाट उत्तीर्ण भएका पूर्व विद्यार्थीहरुको सङ्गठन (सेस) द्वारा भएको थियो । कार्यव्रmमको उद्घाटन गर्दै सेसका अध्यक्ष दिव्यराज खड्काले विद्यालयमा बालबालिकाको स्वास्थ्य परीक्षण गरेर स्वास्थ्य सेवा उपलब्ध गराउन पाएकोमा खुसी लागेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यव्रmम गर्दै जाने बताए ।

डा. नवराज के. सी. र डा. अर्चना कार्कीको नेतृत्वमा प्रदेश अस्पतालमा कार्यरत चिकित्सकहरुको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । बालबालिकाहरुको स्वास्थ्य परीक्षणबाट बालबालिकालाई प्रत्येक्ष लाभ भएको विद्यालयका सह–प्राचार्य हरिहर बस्नेतले बताउँदै सेसलाई धन्यवाद ज्ञापन गरेका थिए ।

एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले एसओएस दिवसका उपलक्ष्यमा सप्ताहव्यापी विविध कार्यव्रmमको आयोजना गरेको छ । छात्रछात्राको आन्तरिक र बाह्य म्याराथन (लामो तथा छोटो दूरीकोे) दौड, वातावरणीय सरसफाई, शिक्षक कर्मचारीको आन्तरिक मैत्रीपूर्ण फुटबल तथा भलिबल खेल लगायत विविध कार्यव्रmम सम्पन्न भैसकेका छन् । जुन २३ मा प्राध्यापक डाक्टर हर्मन माइनरको जन्म दिवसको अवसर पारी हरेक बर्ष यस्ता कार्यक्रम संस्थाले मनाउँदै आएको छ ।






