गुराँस गाउँ कार्यपालिकामा एमालेको बहुमत

दैलेख । दैलेखको गुराँस गाउँपालिका, गाउँ कार्यपालिकाले पूर्णता पाएको छ ।

निर्वाचन अधिकृतको कार्यालय गुराँसका अनुसार मतदानको माध्यमबाट १६ सदस्यीय कार्यपालिकाले पूर्णता पाएको हो ।

यसअघि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा ८ जना वडाअध्यक्ष निर्वाचित भइसकेकोमा थप ६ जना नयाँ सदस्य चयन भएका निर्वाचन अधिकृत वन्दनाकुमारी केसीले जानकारी दिए ।

स्थानीय तह प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरू स्वतः कार्यपालिका सदस्य हुने व्यवस्था छ ।

गुराँसको कार्यपालिकामा निर्वाचित वडा सदस्यहरू मध्येबाट सम्झनाकुमारी बुढा, भुमिसरा ओली, विर्मा वि. क. र अमृता वि.सी. तथा दलिततर्फबाट कुलवीर वि. क. र पम्फा वि. क. निर्वाचित भएका छन् ।

निर्वाचित कार्यपालिका सदस्य सबै नेकपा (एमाले) बाट उम्मेदवार बनेका थिए । एमाले र नेपाली काँग्रेसबाट कार्यपालिकामा उम्मेदवार बनेकोमा सबै एमालेका उम्मेदवारले ३० मत र काँग्रेसका उम्मेदवारले १२ मत प्राप्त गरेका छन् ।

यसैबीच, निर्वाचित कार्यपालिका सदस्यहरूलाई एक कार्यक्रमका बीच शपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको एमाले गुराँसका सचिव एवं गुराँस ८ का वडा अध्यक्ष दीपेन्द्र ओलीले जानकारी गराए ।

 

गुराँस गाउँ कार्यपालिकामा एमालेको बहुमत

गठबन्धनले राम्रो रिजल्ट दिएन्, अब सोच्नुपर्छ :

गुराँस गाउँ कार्यपालिकामा एमालेको बहुमत

सल्यानको बनगाड कुपिण्डेका ८ वटा माध्यामिक विद्यालयमा

Leave a comment

Your email address will not be published. Required fields are marked *