युक्रेन–रुस लडाई अब शहरका मुख्य सडकमा केन्द्रित

एजेन्सी । यूक्रेनमा जारी रुसको आक्रमण अब यूक्रेनका शहरका मुख्य सडकमा केन्द्रित भएको छ। गएको फेब्रुअरीबाट रुसले यूक्रेनमा आक्रमण गरिरहेको छ। अहिले यूक्रेन र रसियाबिच पूर्वि यूक्रेनमा युद्ध जारी छ। युद्धका क्रममा रुसले लुहान्स्कसँग सम्पर्क टुटेको बताइरहेको छ।

यो खबरलाई खण्डन गर्दै यूक्रेनका वरिष्ठ व्यक्तित्वले यूक्रेनका पूर्वी शहर जोड्ने महत्वपूर्ण शहरहरु रुसी सेनाले कब्जा गरेको खबर झुटो रहेको बताएका छन्।


‘लुहान्स्कसँगको सम्पर्क काटिएको छैन’ सैन्य प्रशासन प्रमुख सेर्ही हैदाईले भने।

रुसी सेनाको फौज यूक्रेनको ठूलो शहर ‘सेभेरोडोटिस्क’ बाहिरी भागमा पुगिसकेका छन् र त्यहाँ भारी युद्ध भईरहेको छ।

सैन्य अधिकारीका अनुसार बखमुत जोने बाटो रुसले कब्जा गरेभने मात्रै शहर घेराउ गर्ने संभावना रहन्छ।

 

हैदाईले ‘सेभेरोडोटिस्क’ को दक्षिण पश्चिम जाने बाटोमा आगलागि भएको र मानिसहरु त्यहाँ फसकेको बताएका छन्। उनले अहिलेसम्म त्यहाँ कुनै पनि मानवीय सहायता नपुगेको बताएका छन्।

उनले बिबिसीलाई भने, ‘यहाँ धेरै चीजहरु खराब भईसकेका छन्। त्यहाँ २४ सै घण्टा बमगोलाबारी भईरहेको छ। रुसी सेनाहरु मोर्टार राउन्डका साथै तोप, हवाई बम वर्षा गरीरहेका छन्।’ उनका अनुसार बमबारीमा अहिलेसम्म ६ जनाको निधन भएको छ।

यदि रुसले छिमेकी शहर लिसिचान्स्क कब्जा गर्यो भने सम्पूर्ण लुहान्स्क क्षेत्र आफ्नो हातमा लिनेछ।

लुहान्स्कका क्षेत्रीय प्रमुखले रुसी सेनाले नागरिक पूर्वाधारमा बमबारी गरेको आरोप लगाए उनले भने, ‘१५ हजार’ नागरिकले ‘सेभेरोडोटिस्क’मा आश्रयस्थल खोजिरहेका छन्।’

उनका अनुसार उनीहरु शहर लिन सक्दैनन्, त्यसैले शहरलाई नै नष्ट गर्ने प्रयास गरिरहेका छन्।

युक्रेन–रुस लडाई अब शहरका मुख्य सडकमा केन्द्रित

महंगा जनप्रतिनिधि : बार्षिक साढे तीन अर्ब

युक्रेन–रुस लडाई अब शहरका मुख्य सडकमा केन्द्रित

कर्णाली प्रदेश प्रमुखद्वारा आर्थिक विधेयक प्रमाणीकरण

Leave a comment

Your email address will not be published. Required fields are marked *