भेरीगंगा–४ र ५ मा एमालेको प्यानलै विजयी

सुर्खेत, २ जेष्ठ ।
भेरीगंगा नगरपालिका वडा नं. ४ र ५ मा नेकपा एमालेका उम्मेदवारहरुको प्यानलै विजयी भएको छ । नेपाली काँग्रेसकाे गढकाे रुपमा रहेकाे दुइ वडा एमालेका उम्मेदवारले भत्काउन सपःल भएका छन् ।  वडा नं. ४ मा गंग बहादुर खत्री ९५१ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार रेशम बहादुर पुन मगरले ६०६ मत, स्वतन्त्र उम्मेदवार महाविर खत्रीले २२९ मत, माओवादी केन्द्रका उम्मेदवार गणेश बहादुर ओलीले ९० मत प्राप्त गरेका थिए ।

वडा सदस्यमा एमाले उम्मेदवारहरु दरिमान सार्की ८७९ मत, बिर बहादुर खड्का ८४३ मत, लिलादेवी डाँगी ९४६ मत र बृहस्पती कामी ९५४ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी भेरीगंगा वडा नं. ५ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार प्रेम बहादुर सारुले ८०९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार फडिन्द्र किशोर ओलीले ७६६ मत प्राप्त गरेका छन् ।

वडा सदस्यमा नेकपा एमालेका उम्मेदवार गोरख बहादुर खड्का ८१० मत, लोक बहादुर घर्ती ७७० मत, रुपमाया ओली ७१८ मत, खगिसरा नेपालीले ८१७ मत प्राप्त गरी विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी दिएकाे छ ।

भेरीगंगा–४ र ५ मा एमालेको प्यानलै विजयी

वीरेन्द्रनगर–१४ गढीमा एमालेका रोकायको प्यानल विजयी

भेरीगंगा–४ र ५ मा एमालेको प्यानलै विजयी

गोला प्रथाबाट एमाले वडा अध्यक्ष पदका उम्मेदवार

Leave a comment

Your email address will not be published. Required fields are marked *