हुम्लामा गठबन्धनको बैठकबाट पालिका बाँडफाँड टुंगियो

४ माओबादी र ३ गाउँपालिका कांग्रेस, समाजवादीलाई उपाध्यक्ष
केबी थापा
हुम्ला, ११ बैशाख ।
लामो संर्घषपछि हुम्लाको सत्ता गठबन्धनको हुम्लाका स्थानीय तहको भागबण्डा टुंगो लागेको छ । तीन दल बिचको गठबन्धनले कुन गाउँपालिकामा कुन पार्टीको उम्मेद्वार लड्ने टुङ्गयाएको हो ।
चार गाउँपालिका अध्यक्ष माओवादी केन्द्र, तीन गाउँपालिका अध्यक्षमा काँग्रेस र तीन गाउँपालिकामा उपाध्यक्ष समाजवादीले लिने भएको छ । हुम्लाका ७ वटा गाउँपालिका मध्य ताँजाकोट, चंखेली, सिमकोट,नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र भागको भाग परेको छ भने अदानुचली, खार्पुनाथ र सर्केगाड गाउँपालिकामा नेपाली कांग्रेसकोे भागमा परेको बताएका छन् ।
ताजाकोट, चंखेली, खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष भने समाजबादीलाई दिएको छ । अदानचुली गाउँपालिकामा काँग्रेसका मोहन बिकम सिंह अध्यक्षमा लड्ने भनिए पनि आधिकारीक नभएको जनाएका छन् तर उपाध्यक्षमा माओबादी केन्द्र अदानचुली गाउँ कमिटिका अध्यक्ष हरिदल पुनलाई टिकट दिएको नेकपा माओबादी केन्द्र हुम्ला जिल्ला कार्यालय सचिव नेत्र महताराले बताए ।
त्यसैगरी चंखेली गाउँपालिकामा माओवादी केन्द्रका गोविन्द बहादुर शाहीलाई अध्यक्षको उम्मेदवार बनाएका छन् भने उपाध्यक्षमा समाजवादीका प्रेमकला शाही हुने देखिएको छ तर आधिकारीक नभएको बताइएको छ ।
त्यस्तैगरी खार्पुनाथ गाउँपालिकामा काँग्रेसका कर्ण रावल अध्यक्षमा पुनःदोहोरिने भएका छन् भने उपाध्यक्षमा समाजवादीका शतिसिहं ऐडीलाई दिएको छ । त्यस्तैगरी सिमकोट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय भणडारी अध्यक्ष पदमा लड्ने भएका छन् भने उपाध्यक्षमा टुंगो नलागेको बताएका छन् ।
त्यसैगरी गाउँपालिकामा नाम्खा गाउँपालिकामा अध्यक्ष प्रेम लामा र उपाध्यक्ष काँग्रेसले टुंगो लगाएको छैन । सर्केगाड गाउँपालिकामा अध्यक्ष काँग्रेसको भागमा परे पनि अहिलेसम्म कसलाई दिने भन्ने टुंग्याएको छैन । उपाध्यक्षमा भने माओवादीको तर्फबाट उपाध्यक्षमा चन्द्रसिह कार्की(मुक्ती) लाई दिइएको छ ।
ताजाकोटमा गाउँपालिकामा बागदल मल्ललाई पुनः दिने निश्चित देखिएको छ भने फाईनल नभएको जनाएका छन् । त्यस्तै, नेकपा (समाजबादी) बाट सम्पती शाही उपाध्यक्षमा लड्ने तय भए पनि आधिकारीक नभएको जनाइएको छ ।
जनमत र मतदाताको आधारलाई भन्दा नेताहरुको ब्यक्तिगत रुचिको आधारमा भागबड्डा गरेको भन्दै चंखेली गाउँपालिकामा नेपाली कांग्रेशका सभापति, प्रदेश सचिब पाटी सचिब लगायतका नेताहरुले भागबण्डा नमिलेको भन्दै जिल्ला सभापतिलाई माग सम्बोधनको लागि पत्र नै पठाएका छन् ।
उनीहरुका अनुसार गएको निर्वाचनमा एमाले र माओवादीको समिकरणमा १२२४ मत र कांग्रेस एक्लैले १०५५ मत ल्याएको गाउँपालिकामा अध्यक्ष वा उपाध्यक्ष एकसहित ४ वडा अध्यक्ष पाउनु पर्ने भन्दै माग पत्र पेश गरेका छन् ।
अहिले पनि नेपाली कांग्रेसको १४ सय संगठित सदस्य भएको र समाजबादीका जम्मा १ सय सदस्य भएकालाई उपाध्यक्ष दिएको भन्दै आपत्ति जनाएका छन् यदी उक्त माग पुरा नभए स्वतन्त्र भएर उम्मेदवारी दिने घोषणा समेत गरेका छन् ।






