सल्यानमा उम्मेदवार छनांैटमा गठबन्धन–एमाले अन्योलमा

दुर्गा विसि
सल्लीबजार, ११ बैशाख ।
कर्णालीमा सत्ता साझेदार दल देखि एमालेले समेत उम्मेदवारी टुंग्याउन सकेको छैन । अर्कोतिर यो समाचार तयार पार्दा समेत गठबन्धन दलहरूको कुरा टुंगो नलाग्दा जिल्लाहरुमा नेता तथा कार्यकर्ताहरु अन्योलमा परेका छन् ।

उम्मेदवारको मनोनयन दर्ताको समय सुरु हुँदा सल्यानमा अहिलेसम्म निर्वाचन कार्यालयहरुमा चहलपहल सुरु देखिदैन । स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयहरु समेत सुनसान छन् ।

गठबन्धनको निर्णय जिल्लामा अहिलेसम्म केहि नआउँदा नेतादेखि कार्यकर्ताहरु तितरबितर अवस्थामा देखिन थालेका छन् । यतिबेला सल्यानमा सबै दलका नेताहरु हेर न पर्खको अवस्थामा छन् ।

गठबन्धन भन्दा बाहिरको दल नेकपा एमाले पनि गठबन्धनले कस्ता उम्मेदवार ल्याउँछन् त्यसपछि मात्रै आफ्ना उम्मेदवार खडा गर्ने तयारीमा छ ।

सल्यानमा एमालेले केहि पालिकामा उम्मेदवार सार्वजनिक गरेपनि केहि पालिकामा अझै सार्वजनिक गरेको छैन् । एमालेको पनि आंकाक्षी वढे पछि उम्मेदवारी छनौंटमा निकै समस्या थपिएको छ ।

सल्यानमा उम्मेदवार छनांैटमा गठबन्धन–एमाले अन्योलमा

हुम्लामा गठबन्धनको बैठकबाट पालिका बाँडफाँड टुंगियो

Leave a comment

Your email address will not be published. Required fields are marked *