गुर्भाकोट प्रमुख, उपप्रमुख र वडाअध्यक्षका उम्मेदवार एमालेले टुङ्ग्यायाे

दिलिप ढकाल
गुर्भाकोट, ११ बैशाख ।
तत्कालिन अबस्थामा जनताले पाँच वर्षे कार्यकालका लागि आफ्नो अमुल्य मत दिएर जिताएका जना प्रतिनिधिहरुको कार्यकाल सकिनै लाग्दा धमाधम राजिनामा दिँदै उमेद्वारी घोषणा गर्ने क्रम तिब्र भएको छ ।

कतिपय स्थानीय तहमा हालका जनप्रतिनिधिहरु दोहोरिने अबस्थामा छन् भने कतिपय स्थानीय तहमा नया जनप्रतिनिनिधि आउने सम्भावना रहेको छ ।

देशका विभिन्न स्थानीय तहको प्रमुख र उपप्रमुख लगायत वडा अध्यक्षमा उमेद्वारी घोषणा गर्ने क्रममा पूर्वि सुर्खेतको गुर्भाकोट नगरपालिकामा नेकपा एमालेले पालिका प्रमुख र उप–परमुख को टुंगो लगाएको छ ।

गुर्भाकोट नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुखको लागि तिलक बहादुर खत्रीको नाम सिफारिस गरिएको छ । खत्री नेकपा एमाले सुर्खेत जिल्ला कमिटी सदस्य तथा गुर्भाकोट नगरपालिकाका सह ईन्चार्ज हुन ।

त्यस्तै उप–प्रमुखमा सुशिला बिश्वकर्मालाई उमेद्वार सिफारिस गरिएको नेकपा एमाले गुर्भाकोट नगर कमिटीका सचिव शशि भट्टराईले जानकारी दिनुभयो । विश्वकर्मा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा उत्पीडित मुक्ति मोर्चा सुर्खेतका अध्यक्ष समेत हुन् ।

त्यस्तै नेकपा एमाले गुर्भाकोटले गुर्भाकोट नगरपालिकाका १४ वडा मध्ये १२ वटा वडाको वडा अध्यक्षको टुङ्गो लगाएको छ । जस अन्तर्गत वडा नं. २ मा युबराज कँडेल, वडा नम्बर ३ मा तुलाराम बिस्ट, वडा नम्बर ४ मा प्रशन्न कुमार शाह, वडा नम्बर ५ मा तेज बहादुर रोका, वडा नम्बर ६ मा कुल बहादुर वली छनाै‌ट गरिएकाे छ ।

त्यसैगरी वडा नम्बर ८ मा तुलासिंह कामी, वडा नम्बर ९ मा शशि भट्टराई, वडा नम्बर १० मा थमन बहादुर खत्री, वडा नम्बर ११ मा राजन बिसी, वडा नम्बर १२ मा बिनोद बिक, वडा नम्बर १३ मा ईन्द्रदेब गिरी र वडा नम्बर १४ मा चन्द्र बहादुर घर्तीको नाम सिफारिस गरेको हो । बाँकि १ नम्बर वडा र ७ नम्बर वडा पनि सहमति नजिक पुगेको नेकपा एमाले गुर्भाकोट नगर–कमिटी सचिव शशि भट्टराईले जानकारी दिनुभयो ।

गुर्भाकोट प्रमुख, उपप्रमुख र वडाअध्यक्षका उम्मेदवार एमालेले टुङ्ग्यायाे

सल्यानमा उम्मेदवार छनांैटमा गठबन्धन–एमाले अन्योलमा

गुर्भाकोट प्रमुख, उपप्रमुख र वडाअध्यक्षका उम्मेदवार एमालेले टुङ्ग्यायाे

काँग्रेस संस्थापनविरुद्ध शेखर कोइराला समूहको भेला

Leave a comment

Your email address will not be published. Required fields are marked *