समाजवादी प्रेस संगठनका अध्यक्ष रानालाई मातृ शोक

सुर्खेत, ११ बैशाख ।
समाजवादी प्रेस संगठन जिल्ला कार्यसमिति सुर्खेतका अध्यक्ष एवं युगआव्हान राष्ट्रिय दैनिकका प्रमुख सम्वाददाता देव बहादुर रानालाई मातृ शोक परेको छ । सुर्खेतबाट कार्यक्षेत्र बनाएर विगत एक दशकदेखि राना सक्रिय पत्रकारिता गर्दै अाएका छन् ।
सल्यानको बनगाडकुपिण्डे नगरपालिका–५ निवासी रानाकी आमा मनसरी रानाको शनिवार राती निधन भएको हो । शनिवार राती करिब १० बजेको समयमा ६५ वर्षको उमेरमा आफ्नै घरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
११ वर्षदेखी प्यारालाइसी र उच्च रक्तचाप रोगबाट मनसरी ग्रसित थिइन् । उनको दोगाड लहरे खोलामा अन्त्येष्टी गरिने परिवारले जनाएका छन् ।






