लागू औषधसहित एक युवा पक्राउ

सुर्खेत, १० बैशाख ।
लागुऔषध सहित एक युवा वीरेन्द्रनगर–१२ औद्योगिक क्षेत्र नजिकबाट पक्राउ परेका छन् । वीरेन्द्रनगर–१० बस्ने बर्ष २३ को रेशम बुढामगर संकास्पद तरिकाले हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनको शरिर खानतलासी गर्दा संकास्पद वस्तुसहित पक्राउ गरिएको जनाइएको छ । उनको साथबाट ४ वटा लागु औषधको क्याप्सुल र नगद ७४० रुपैयाँ बरामद भएको जनाइएको छ ।
सोधपुच्छका क्रममा उनले पदम सहकारीले संचालन गरेको काँक्रेबिहार क्लिनिकबाट किनेर ल्याएको भनि जानकारी गराएका थिए । उक्त क्लिनिक खानतलासी गर्दा लुकाई छिपाई राखेको लागु औषधको १०७ (एक सय सात) वटा ट्याब्लेट र नेपाली नगद ३८,५२० बरामद गरिएको छ ।
एक थान मोबाईल र क्लिनिकमा काम गर्ने जिल्ला कालिकोट पंचालझरना गाउपालिका–१ बस्ने बर्ष २४ को अवराज खड्कालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली खटिगई खानतलासी बरामदी मुचुल्का गरी निजहरूलाई नियन्त्रणमा लिई थप अनुसुन्धान भईरहेको जनाइएको छ ।






