जन्मदिनमा हुने फज्युल खर्चबाट मृगौला पिडितलाई आर्थिक सहयोग

दुर्गा विसी
सल्लीबजार, २० फागुन ।
मृगौला पिडित मोहन कामीलाई जन्मदिनको अन्य खर्च कटाएर आर्थिक सहयोग गरिएको छ । नेकपा एकीकृत समाजवादी युवा फाँटका नगर कमिटी अध्यक्ष प्रसान्त साहुले घरमै पुगेर आर्थिक सहयोग गरेका छन् ।
मृगौला पिडितकि श्रीमति हुर्मती विकलाई सल्यान पश्चिमका समाजसेवी युवा साहुले आफ्नो जन्मदिनको फजुल खर्च कटाएर ७ हजार रकम घरमै पुगेर हस्तान्तरण गरेका छन् ।
उहाँको जीवन रक्षाका लागि साहुले सबैलाई मानविय सहयोगमा हातेमालो गर्ने समेत अनुरोध गरेका छन् । सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ निवासी मोहन कामीको दुवै मिर्गौला फेल भएका कारण आर्थिक अभावले उपचारमा कठिनाइ भएको छ ।
विगत ४ वर्ष देखि उपचारका नाममा नेपाल र भारतका विभिन्न स्थानमा उपचार गराउँदै आएका मोहन हाल घरायसी आर्थिक अवस्थाले उपचारमा कठिनाई भएको छ ।
अचल सम्पत्तिका नाममा रहेको जग्गा, जमिन सबै उपचारका नाममा सकियो अहिले भने परिवारलाई समेत विहान बेलुकिको घर खर्च चलाउन निकै समस्या भएको छ ।
विहान बेलुकासमेत खाने गासको जोहमा समस्या भएको छोरा राजेन्द्र विकको भनाई रहेको छ । दुबै मिर्गौला फेल भएपछि उपचार अभावमा अहिले काठमाडौंपछि कोहलपुर मेडिकल कलेजमा डाइलासिस भैरहेको छ ।
मृगौला पिडित मोहन कामीले समेत उपचारका नाममा सबै रकम सकिएको जनाए । अब भने उपचारमा निकै समस्यामा परेको जनाएका छन् । उपचार गर्नका लागि उनीसँग रकम समेत नभएको छोरा राजेन्द्र विकले जनाए ।
सबै सामु उनले सहयोगको अपिल समेत गरेका छन् । अहिलेसम्म राज्यबाट हुनुपर्ने कुनै सहयोग समेत नपाएको उनले दुखेसो पोखेका छन् । उनको परिवारले उपचारका लागि वडा, स्थानीय तह, प्रदेश र संघीय सरकार सामु यतिखेर हारगुहार गरिरहेको छ ।
सहयोग गर्न चाहने सहयोगीदाताहरूले छोरा राजेन्द्र विकको लक्ष्मी बैङ्क सल्लीबजारको खाता न ०६९२०००८८५४ मा आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।






