सिम्तामा चार दिने सिंगारु नृत्य प्रशिक्षण चल्दै

दुर्गा विसि
सिम्ता, २० फागुन ।
सिम्ता गाउँपालिका सुर्खेतले पुराना लोक संगित, सस्कृतिको जगेर्ना गर्ने उद्देश्यले चार दिने सिंगारु नृत्य तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

सिम्ताली मौलिकता, कला, गला, लोक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन र पुरानाबाट नयाँ पिढिमा यी संस्कार हस्तान्तरण गर्ने मुल उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले जनाउनुभयो ।

गाउँपालिकाले विकास निर्माण कार्यसँग सँगै सिम्ताली पहिचान, सिम्ताली चिनारी भेष, भुषा, भाषा, लगाव र अत्यन्तै पुर्खाको चिनोको रुपमा यी संस्कार बचाउनु हाम्रो कर्तव्य बोध भएको बताइएको छ ।

चार दिने नृत्य प्रशिक्षणमा सिम्ताली भाषा अध्यायनका विज्ञ, लोक साहित्यका पारखी, लोक संगित क्षेत्रमा प्रख्यात व्यक्तित्वहरुको उपस्थिति रहेको छ । नेपाली संगित तथा नाट्य प्रतिष्ठानकाको आयोजना र सिम्ता गाउँपालिकाको सहयोगमा सो प्रशिक्षण सञ्चालन भएको छ ।

प्रशिक्षणमा प्राध्यापक डाक्टर जिवेन्द्र देव गिरीले सिंगारु लोक नृत्यको अवस्था, संरक्षण र संवद्र्धनका सन्धर्भमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । बाद्य बाधक तथा बरिष्ठ कलाकार प्रेम देव गिरीले मादल, ताल यस विषयमा जानकारी गराउनु भएको थियो ।

नृत्य र संगित क्षेत्रमा नृत्य निर्देशक कुलमान नेपालीले सिंगारु नाच र यसका चरण स्टेप/स्टेपका बारेमा अवगत गराउनुभएको छ । त्यसैगरी नेपाली संगित नृत्य विभाग प्रमुख नमुना शर्मा, खास मौलिकताका विषयमा प्रष्ट पार्नुभएको थियोे ।

४ दिने सम्म चल्ने सो नृत्य प्रशिक्षणमा २१ महिला र ८ पुरुष गरी २९ जनाले मौलिक नृत्य तथा सिंगारु सिक्ने प्रशिक्षणमा सहभागी रहेको गाउँपालिका अध्यक्ष केसीको भनाइ रहेको छ । यी पुराना मौलिकतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य रहेको जनाएको छ ।

सिम्तामा चार दिने सिंगारु नृत्य प्रशिक्षण चल्दै

जाजरकोटका १५ जना महिलालाई ड्राईभिङ्ग तालिम

सिम्तामा चार दिने सिंगारु नृत्य प्रशिक्षण चल्दै

कालीमाटीमा राष्ट्रिय युवा संघको प्रथम अधिबेशन

Leave a comment

Your email address will not be published. Required fields are marked *