कालीमाटीमा राष्ट्रिय युवा संघको प्रथम अधिबेशन

दिलिप ढकाल
गुर्भाकोट, १९ फागुन ।
राष्ट्रिय युवा संघ नेपाल कालिमाटी गाउँ कमिटिको प्रथम अधिबेशन सम्पन्न भएको छ । कालिमाटी गाउपालिका–३ रामपुर सल्यानमा सम्पन्न भएको हो ।
राष्ट्रिय युवा संघ नेपाल कालिमाटी गाउँ कमिटिको प्रथम गाउँ अधिवेशन कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरी चार जना कृष्ण कुमारी सुनार, अमृता विक, मिना विक, सुनमाया विकले नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो ।
उक्त भेलाले दिलिप रावतको अध्यक्षमा ४३ सदस्यीय गाउँ कमिटी गठन गरी राष्ट्रिय युवा संघ कालिमाटीको प्रथम अधिबेशन सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा नेकपा एमाले सल्यान जिल्ला कमिटी सदस्य तथा कालिमाटी गाउँ कमिटि अध्यक्ष केसर सिंह बुढा, राष्ट्रिय युवा संग नेपालका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रुपक बुढा, राष्ट्रिय युवा संग नेपालका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज प्रिन्स बस्नेत, जिल्ला कमिटी सदस्य तथा सारदा नगरपालिका संयोजक प्रविन घर्ती मगर, सल्यान जिल्ला कमिटि सदस्य तथा क्षेत्रीय संयोजक डिल्ली खड्का, जिल्ला कमिटि सदस्य तथा त्रिबेणी गाउँपालिका कमिटी अध्यक्ष लोकेन्द्र खड्का, अनेरास्वबियु विद्याथी संगठनका निबर्तमान अध्यक्ष राम बहादुर के सी, अनेरास्वबियु स्थायी कमिटी सदस्य तथा सचिवालय सदस्य घनश्याम पुनको उपस्थिति रहेको थियो ।
त्यसैगरी राष्ट्रिय युवा संघ नेपाल कालिमाटी गाउँकमिटि उपाध्यक्ष तथा पूर्व उपाध्यक्ष टेक बहादुर सुबेदीले स्वागत मन्तब्य राख्नु भएको थियो । प्रमुख अतिथि सल्यान जिल्ला कमिटि उपसचिब तथा कालिमाटी गाउँ कमिटि इन्चार्ज दान बहादुर केसी, बिशिष्ट अतिथि सल्यान जिल्ला कमिटि सदस्य तथा कालिमाटी गाउँपालिका सह इन्चार्ज सहनशिलता वली डीसी को उपस्थितिमा भेला सम्पन्न भएको थियो ।
कार्यक्रमको अध्यक्षता साईबर सर्कलका केन्द्रिय सदस्य तथा कालिमाटी गाउँपालिकाका नब–निर्बाचित अध्यक्ष दिलिप रावतले गर्नुभएको थियो भने कार्यक्रममा संचालन पार्टी कमिटी सचिब बेल बहादुर चन्दले गर्नु भएको थियो । कार्यक्रम सम्पन्न भएको कालिमाटी गाउँपालिकाका नवनिर्बाचित अध्यक्ष दिलिप रावतले जानकारी दिनुभयो ।








