१२ तस्विरसहित रूस–युक्रेन युद्धमा अहिलेसम्म कतिले गुमाए ज्यान ?

समाचार एजेन्सी, १९ फागुन ।
रूसले छिमेकी युक्रेनमा आक्रमण गरेको बिहीबार आठौं दिन हो । आठौं दिनमा आइपुग्दा रूसी सैनिकहरूले पूर्वी युक्रेनको एउटा क्षेत्रीय राजधानी कब्जामा लिएका छन् ।

युक्रेनको राजधानी किएभ कब्जा गर्ने उनीहरूको प्रयास जारी छ । नागरिकस्तरबाट रूसी आक्रमणको प्रतिरोध भइरहेकाले किएभको बाहिर पुगेको तीन दिन भइसक्दा पनि रूसी सैनिकले सहर कब्जा गर्न सकेका छैनन् ।

रूसले अहिलेसम्म नागरिकलाई लक्षित गरी आक्रमण नगरेको बताएको छ तर रूसी आक्रमणमा आमयुक्रेनीले पनि ज्यान गुमाएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार बुधबारसम्म २२७ युक्रेनी नागरिकको मृत्यु भएको छ भने ५२५ जना घाइते भएका छन् । यसमा केही बालबालिका पनि परेका छन् । यो अनुमानित आँकडा हो ।

यसअघि युक्रेनी सरकारले २ हजारभन्दा बढी नागरिकको मृत्यु भएको हुन सक्ने बताएको छ । युद्धका बेला ज्यान गुमाउनेको संख्या एकीन गर्न निकै गाह्रो हुन्छ । युद्धरत पक्षले आफूलाई फाइदा पुग्नेगरी क्षतिको विवरण भन्ने भएकाले स्वतन्त्र पुष्टी गर्न कठिन हुने हो ।

सैनिकतर्फको क्षतिमा पनि युक्रेन र रूसले फरक–फरक आँकडा सार्वजनिक गरेका छन् । युक्रेनले अहिलेसम्म ७ हजार रूसी सैनिक मारिएको दाबी गरेको छ ।

बुधबार पहिलो पटक युक्रेन युद्धमा ज्यान गुमाउनेको संख्या सार्वजनिक गर्दै रूसले आफ्ना ४९८ सैनिक मारिएको र १५९७ भन्दा बढी घाइते भएको जनाएको छ ।

युक्रेनतर्फ २८७० सैनिक मारिएको, ३७०० घाइते भएको र ५७२ लाई रूसी सेनाले नियन्त्रणमा लिएको मस्कोको दाबी छ । रूसी सैनिकको मृत्युबारे मस्कोकै दाबीलाई सत्य मान्ने हो भने पनि दुई दशकमा यो रूसी सेनाले भोगेको ठूलो क्षति हो ।

द न्युयोर्क टाइम्सका अनुसार सन् १९९९ को चेचन्या युद्धपछि एकै सैनिक अप्रेशनमा यति धेरै रूसी सैनिक मारिएका थिएनन् ।

मानव ढालको रुपमा नागरिकको प्रयोग गरिरहेको छ युक्रेन : रुस
रुसका विदेशमन्त्री सर्गेई लावरोफले युक्रेनले नागरिकलाई मानव ढालको रुपमा प्रयोग गर्ने कोसिस गरिरहेको आरोप लगाएका छन् । रुसको सरकारी च्यानललाई दिएको अन्तरवार्तामा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले बारम्बार हलिउडको कुरा गर्दै त्यहाँका जनताले हलिउड फिल्म हेर्न नहुने पनि बताए । यसबारे उनले भने, ‘युक्रेनका जनताले हलिउड फिल्म मात्रै हेर्नुहुँदैन जुन पश्चिमी मिडियाले लेखेका हुन्छन् र जसमा एउटा दुश्मन हुन्छन् ।’

उनले नेटो, रुसको मूल्यमा पश्चिमको सुरक्षालाई बलियो बनाउने कोसिस गरिरहेको पनि आरोप लगाए ।

१२ तस्विरसहित रूस–युक्रेन युद्धमा अहिलेसम्म कतिले गुमाए ज्यान ?

मोतियाविन्दु छनौट एवं शल्यक्रिया शिविर सञ्चालन हुँदै

१२ तस्विरसहित रूस–युक्रेन युद्धमा अहिलेसम्म कतिले गुमाए ज्यान ?

युक्रेनबाट बाहिरिए चार सय नेपाली, नेपाली राजदूतले

Leave a comment

Your email address will not be published. Required fields are marked *