भेरीगंगामा शोकमा सार्वजनिक विदा, मोहटीमा दाहसंस्कार गरिने

छिन्चु, १५ फागुन ।
फोर्सको ठक्करबाट उपचारका क्रममा निधन भएका भेरीगंगा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।

आइतबार नगरपालिका, वडा कार्यालयसँगै नगरपालिका भित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक विदा दिईएको नगरपालिकाले जारी गरेको शोक वक्तव्यमा जनाईएको छ ।

वडाअध्यक्ष कार्कीको शव काठमाडौंबाट एम्बुलेन्समार्फत आइतबार विहान भेरीगंगा–२, सत्तरी पुराइएको छ । भेरीगंगा वडा नं. १ र २ को सिमाना काल्पानी खोला मोहटीमा अन्तिम दाह संस्कार विहान १०ः०० बजेदेखि सुरु गरिने परिवार स्रोतले जानकारी दिएको छ ।

मृतकका बुवा पिर्ग बहादुर कार्कीले दानबत्ती दिने र श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रका नेता, कर्णाली प्रदेश सरकारका मन्त्री, सांसद, भेरीगंगा नगरपालिकाका प्रमुख, उपप्रमुख जनप्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ ।

वडा अध्यक्ष कार्कीको शुक्रबार राती काठमाडौंस्थित न्यूरो अस्पतालमा निधन भएको थियो । साविक लेखपराजुल गाविस वडा नं. २ तल्लो भ¥याङ हाल भेरीगंगा न.पा.–१ मा बुवा पिर्ग बहादुर कार्की, आमा सुकमा कार्कीका जेष्ठ सुपुत्र अविवाहित स्वर्गिय वडा अध्यक्ष कार्कीको एक भाई र दुई बहिनि रहनुभएको छ ।

फागुन ८ गते सुर्खेतको छिन्चु बजार नजिक फोर्स गाडीले उनी सवार मोटरसाईकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा ३० वर्षीय कार्की गम्भीर घाईते भएका थिए ।

नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक र उनी घाईते भएका थिए ।

मृतक कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । २०४८ सालमा जन्मिएका उनी सुर्खेतका सबैभन्दा कान्छा वडा अध्यक्ष थिए ।

भेरीगंगामा शोकमा सार्वजनिक विदा, मोहटीमा दाहसंस्कार गरिने

विदेश जाने श्रमिकको पीसीआर परीक्षण निशुल्क

भेरीगंगामा शोकमा सार्वजनिक विदा, मोहटीमा दाहसंस्कार गरिने

अनेरास्ववियुको वनगाड नगर अध्यक्षमा वुढाथोकी

Leave a comment

Your email address will not be published. Required fields are marked *