राजनीति एमाले बारेकोटको अध्यक्षमा भक्तबहादुर बस्नेत चयन

कर्णाली : नेकपा एमाले जाजरकोटको बारेकोट गाउँपालिकाको अध्यक्षमा भक्तबहादुर बस्नेत चयन भएका छन् । बुधबार बारेकोटको अधिवेशनबाट अध्यक्षमा बस्नेत चयन भएका हुन् ।

यस्तै उपाध्यक्षमा लक्ष्मण प्रसाद बोहोरा, सचिवमा कविराज पुन, उप–सचिवमा अमृता महतारा र बिर्खबहादुर बोहरा, चयन भएको एमाले बारेकोटले जनाएको छ । बारेकोटका सबै वडामा एमाले अधिवेशन सम्पन्न भइसकेको छ ।






