२०८२ फाल्गुन २९ गते
×

Now Playing

सरकारी विज्ञापन समानुपातिक ढंगबाट वितरण गर्नुपर्छ : महांसचिव विष्ट

सुर्खेत : सरकारी विज्ञापन तथा सूचनाहरु समानुपातिक ढंगबाट वितरण गरिनुपर्ने पत्रकार महांसघका केन्द्रीय महांसचिव रमेश विष्टले बताएका छन् ।

बिहिवार वीरन्द्रनगरमा सुर्खेतका पत्रकारहरुसंग पत्रकारहरुको लागि आवश्यक पर्ने कानुन तथा न्यायका विषयमा अन्तरक्रिया गर्दै सरकारबाट पाइने विज्ञापन तथा सुचनामा स्थानीय मिडियाहरुलाई विभेद गरिएको गुनासो आएपछि महांसचिव विष्टले त्यसको समाधानका लागि सरकार संग पत्रकार महांसघ लागि परेको बताए ।

यस्तै पत्रकारहरुले सुचना प्रसारण विभागबाट पाइने पत्रकार प्रेस पास कर्णाली प्रदेशबाटै उपलब्ध गराउने व्यवस्था गर्न पनि पत्रकारहरुले माग गरेका छन् । केन्द्रमा प्रेस पास लिन जाँदा एकदमै झण्झटिलो र खर्चिलो हुने भएकोले संघिय संरचना अनुसार प्रेस पास पनि जिल्ला तथा प्रदेश राजधानीबाट पाउनुपर्ने बताएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव दिपेन्द्र शर्माले सरकारले निर्माण गर्ने कानूनमा पत्रकारहरुले आफ्नो साझा धारणा बनाउनुपर्ने बताए । साथै केन्द्रीय समितिले प्रदेशमा देखिएका समस्याहरुको समाधानको लागि पहल गर्नुपर्नेमा समेत जोड दिएका थिए ।

पत्रकार महांघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले पत्रकारले पत्रकारिता क्षेत्रमा क्षमताको आफ्नो विकास गरि पत्रकार आचार संहितको पालना गर्नुपर्ने बताए । उनले संघिय संरचनाबाट पत्रकारहरुलाई अवसर आएपनि सरकारले निर्माण गरेका केहि विधेयकहरुले अप्ठारो पारेको समेत बताए ।

कार्यक्रममा सहभागि पत्रकारहरुले आफ्नो पेशागत सुरक्षा र भौतिक सुरक्षाको ग्यारण्टीमा महांसघ पनि लागिपर्नुपर्ने जोड दिएका छन् । पत्रकारहरुले समाचार लेखेकै आधारमा कुटाई खानुपर्ने अपेहेलित हुनुपर्ने बाध्यतामा महांसघले सचेतनाका कार्यक्रमहरु ल्याउनुपर्ने बताएका छन् ।

सरकारी विज्ञापन समानुपातिक ढंगबाट वितरण गर्नुपर्छ : महांसचिव विष्ट

स्काभेटर जलाएको विषयमा निर्माण व्यवसायीको आपति

सरकारी विज्ञापन समानुपातिक ढंगबाट वितरण गर्नुपर्छ : महांसचिव विष्ट

हाप्की डो संघ कर्णालीको अध्यक्षमा सल्यानका खेलाडि

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds