तोलामा २०० रुपैयाँले घटेर सुनको भाउ ८८ हजार ९ सय रुपैयाँमा कारोवार

सोमबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० रुपैयाँ तोकिएको छ। आइतबार ८९ हजार १०० रुपैयाँमा कारोवार भएको थियो।

यस्तै चाँदीको मूल्य समेत सोमबार तोलामा १५ रुपैयाँले घट्दै एक हजार १३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत आइतबार चाँदी एक हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।






