बैतडीमा जिप दुर्घटना हुँदा नौ जना घाइते

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन्। सुर्कालबाट देहिमाडौं जाँदै गरेको भे १ च १११६ नम्बरको जिप सोमबार बिहान साढे नौ बजे देहिमाडौं नजिक दुर्घटना भएको हो।
घाइतेमध्ये जिप चालक मेलौली नगरपालिका–३ का २८ वर्षीय जनकबहादुर चन्द गम्भीर घाइते भएको स्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए। अन्य घाइतेको अवस्था सामान्य रहेको छ। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
उकालो कच्ची बाटोमा जिप चढ्न नसक्दा ब्याक भएको र ब्रेक फेल भएका कारण दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ। जिप ब्याक भएर सडकमै पल्टिएको थियो।

बैतडीमा जिप दुर्घटना हुँदा नौ जना घाइते

तोलामा २०० रुपैयाँले घटेर सुनको भाउ ८८

बैतडीमा जिप दुर्घटना हुँदा नौ जना घाइते

हो ‘डाँडाको वर पीपल’ ले थाल्यो प्रचार

Leave a comment

Your email address will not be published. Required fields are marked *