हुम्लामा ५८ वर्षका वडाध्यक्षले गरे एसईई उत्तीर्ण

सिमकोट । बुढ्यौलीमा वडाध्यक्षले यस पटकको एसईई उत्तिर्ण गरेका छन् । यस पटकको एसईईमा सामेल भएका उनको धोको परिक्षाको परिणाम सार्वजनिक भएपछि पुरा भएको हो ।

वर्षौदेखि उतिबेलाको एसएलसी र अहिलेको एसईई उत्तीर्ण गर्ने सिमकोट गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जयचन्द्र रोकायाको धोको पुरा भएको छ ।

बुढ्यौलीले पढाईलाई रोक्दैन भन्नै भनाइलार्ई वडा अध्यक्ष रोकायाले पुष्टि गरेका हुन । साउन २४ गते सार्वजनिक भएको यसवर्षको एसईई परीक्षाको परिणाममा उनले दुई दशमलव ५५ जिपिए ल्याएका छन् ।

मानसरोवर माध्यामिक विद्यालयबाट वडाध्यक्षले एसईई पुरा गरेका हुन् । कोरोना कहरले भौतिक उपस्थितीमा परिक्षा दिने बाताबरण नबनेपछि विद्यालयको आन्तरिक मुल्याङ्कनबाट भएको परिक्षामा उनी उत्तिर्ण हुने मौका पाएका हुन् ।

पुरानो शिक्षा अध्ययन गरेका वडा अध्यक्ष रोकायाले ढल्कदो उमेरमा एसईई गर्ने जाँगर केही पहिल्यै चलेको थियो । उमेरले ५८ वर्ष पुगेका उनले आफ्नै गाउँको माध्यामिक विद्यालयबाट फर्म भरेका थिए ।

उनले परिक्षाको तयारी राम्रै गरेको भएपनि भौतिक रुपमा उपस्थित भएर दिन नपाएको चित्त दुखाई रहेको छ । परिस्थीतीले आन्तरिक मुल्याङ्कन गर्ने अबस्था पुर्याएकोमा उनमा चित्त बुझेको भने छैन् । पुर्ण रुपमा आफ्नै लेखाईले नम्बर ल्याउन पाएको भए अझै सन्तुष्ट हुने बताउने उनले अब कक्षा ११ मा भर्ना गर्ने कि भन्ने सोच पनि बनाएका छन् ।

पुरानो शिक्षामा एसएसली दिएर पनि पास हुन नसकेका वडा अध्यक्ष रोकायाले सिक्ने सिकाउने बाटो कहिल्यै बन्द हुँदैन भन्ने सन्देश दिएका छन् । यस वर्ष हुम्लाबाट एसईई दिने विद्यार्थीमा रोकाया जेष्ठ विद्यार्थी हुन् ।

हुम्लामा ५८ वर्षका वडाध्यक्षले गरे एसईई उत्तीर्ण

चीनमा ६१ जना सवार डुंगा दुर्घटना :

हुम्लामा ५८ वर्षका वडाध्यक्षले गरे एसईई उत्तीर्ण

३५ किलो चित्तलको आलो मासुसहित चार जना

Leave a comment

Your email address will not be published. Required fields are marked *