एसईईको नतिजा आज प्रकाशित हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ।

कोरोनाका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्न लागेको हो।

कोरोना महामारीका कारण प्रभावित भएको एसईई २०७६ र २०७७ दुबै सालमा विद्यालयको आत्रिक मूल्यांकनलाई मान्यता दिँदै आएको छ।

आज प्रकाशित हुने एसईईको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ।

बोर्डले एसईईको नतिजा केही प्राईभेट कम्पनीबाट पनि हेर्न मिल्ने जनाएको छ। बोर्डका अनुसार इजी सर्भिस प्रालि, आकाश टेक प्रालि र जानकी टेक्नोलोजी प्रालिमार्फत एसएमएस गरेर हेर्न मिल्ने छ। यस्तै नेपाल टेलीकम र एनसिएलबाट १६०० एसएमएसगरेर थाहा पाउन सकिन्छ।

एसईईको नतिजा आज प्रकाशित हुँदै

सुर्खेतकाे बबईबाट १४ लाख बढिकाे अवैध खाद्य

एसईईको नतिजा आज प्रकाशित हुँदै

गलत समाचार प्रकाशन गर्ने मिडिया प्रति काँग्रेसको

Leave a comment

Your email address will not be published. Required fields are marked *