गलत समाचार प्रकाशन गर्ने मिडिया प्रति काँग्रेसको आपत्ति
सुर्खेत । दैलेखको नौमूले गाउँपालिकालेको बारेमा गलत समाचार प्रकाशन गर्ने मिडिया प्रति नेपाली काँग्रेस जिल्ला कार्य समिति दैलेखले आपत्ति जनाएको छ ।
नेपाली कँग्रेसले आज एक प्रेस विज्ञप्ति जारी गदैँ गलत समाचार प्रकाशन गर्ने रङ्गदर्पण नामक मिडिया प्रति आपत्ति जनाएको हो ।
पार्टीका जिल्ला सभापति कृष्णकुमार वि.सीले उक्त गाउँपालिको तथा अध्यक्ष भदे बुढामगर माथि ठाडो आरोप लगाएको समाचार प्रकाशन गर्ने उक्त अनलाइनलाई तत्काल कारबाहीको माग गरेका छन् ।
अध्यक्ष बुढामगर सँगै सिङ्गो गाउँपालिकाको समेत बदनाम हुँने गरी रङ्गदर्पण नामक एक अनलाइनले यहि साउन २१ गते आधारहिन मानहानी र व्यक्तिगत आँच आउने गरी समाचार प्रकाशन गरेको थियो ।
उक्त समाचारले नौमूले गाउँपालिकाको सिङ्गो नेतृत्वलाई नै आँच आएको र मानहानी भएकाले समाचारप्रति नेपाली काँग्रेसले घोर आपत्ति जनाएको छ । साउन २२ गते बसेको कार्यपालिका बैैठकले उक्त समाचार प्रति आपत्ती जनाउँदै कानुनी उपचारका लागि अगाडि बढ्ने निणर्य समेत गरेको थियो ।






