सेयर बजारले चुम्याे नयाँ उचाइ, नेप्से ३१११ माथि

काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजारले नयाँ उचाइ चुमेको छ।

आज सेयर बजार २६.०२ अंकले बढेर नेप्से परिसूचकले तीन हजार एक सय ११.०९ को नयाँ उचाइ चुमेको हो। यसअघि गत साउन १३ गते नेप्से हालसम्मकै उच्च विन्दु तीन हजार ९४.९५ पुगेको थियो। यो रेकर्ड आज ब्रेक भएको छ।

आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.०६ अंकले बढेर ५७७.५२ को विन्दुमा उक्लिएको छ। कारोबार रकम पनि साढे ११ अर्ब रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा हरियाली छाएको छ भने दुई वटामा रातो पोतिएको छ। यो दिन लघुवित्त समूह सर्वाधिक ३.८५ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह २.४७ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.११ प्रतिशत, वित्त समूहमा ०.३९ प्रतिशतले वृद्धि भएको छ।

यस्तै होटेल तथा पर्यटन समूहमा ०.३२ प्रतिशत, जलविद्युत समूहमा २.०४ प्रतिशत, लगानी समूहमा ०.१८ प्रतिशत, जीवन बीमा समूहमा ०.६६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६२ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४१ प्रतिशत र अन्य समूहमा १.१७ प्रतिशतले वृद्धि भएको छ। आज म्युचुअल फन्ड समूह सर्वाधिक ०.६५ प्रतिशतले ओरालो लाग्यो भने विकास बैंक समूहमा ०.०५ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

मंगलबार नेप्सेमा सूचीकृतमध्ये दुई सय २३ कम्पनीका दुई करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार सात सय ७४ रुपैयाँमा किनबेच भएका छन्। यो दिन अपी पावरको सर्वाधिक ४६ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

ङादी ग्रुप पावरको ४३ करोड ३२ लाख रुपैयाँबराबरको कारोबार भएको आज फर्स्ट माइक्रोफाइनान्सको ३३ करोड ८६ लाख रुपैयाँ, स्वावलम्बन लघुवित्तको ३० करोड ४ लाख रुपैयाँ, निर्धन उत्थान लघुवित्तको २९ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै छिमेक लघुवित्तको २३ करोड ३२ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २३ करोड २३ लाख रुपैयाँ, सिनर्जी पावरको २२ करोड ६४ लाख रुपैयाँ, युनिभर्सल पावरको २१ करोड ३५ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १९ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

मंगलबार सात वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। पाँचथर पावर र रुरु जलविद्युतको सेयरमूल्यमा १० प्रतिशत तथा जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी र स्वावलम्बन लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

यो दिन ग्रिन लाइफ हाइड्रोपावर र अपी पावरको सेयरमूल्यमा ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। आज युनिलिभर नेपालको सेयर धनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्यमा चार प्रतिशतको हाराहारीमा गिरावट आएको छ।

सेयर बजारले चुम्याे नयाँ उचाइ, नेप्से ३१११ माथि

संसदमा महेश बस्नेतको कविता : केपी बा

सेयर बजारले चुम्याे नयाँ उचाइ, नेप्से ३१११ माथि

सहकारी बैंकको चेक क्लियरिङ्ग नहुने नियम खारेज

Leave a comment

Your email address will not be published. Required fields are marked *