एजेन्सी । भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट श्रृङ्खला आज सुरु हुँदैछ। तीन एकदिवसीय र तीन टी–ट्वान्टी क्रिकेट श्रृङ्खला खेल्न भारतीय टोली श्रीलंकाको राजधानी कोलम्बो पुगेको छ।
श्रीलंकाको कप्तानी अलराउण्डर दासुन सानकाले गर्नेछन् भने भारतको नेतृत्व ओपनर ब्याट्स्म्यान शिखर धवनले सम्हाल्नेछन्। पछिल्लो ५ खेलमा भारत बलियो स्थितिमा छ।
जसमा ४ खेल भारतले जित्दा १ खेल श्रीलंकाले आफ्नो पक्षमा पारेको छ। एक दिवसीय श्रृंखलाको पहिलो खेल नेपाली समयअनुसार आज दिउँसो सवा ३ बजे सुरु हुनेछ । ३ एकदिवसीय खेलपछि २५ जुलाईमा ३ वटा टी ट्वान्टी श्रृखंला सुरु हुनेछ।
युग संवाददाता । । ३ श्रावण २०७८, आईतवार १४:४७