सिनेमामा छाउँदै श्रेया

मोडलिङ तथा कलाकारितामा संघर्षरत रहेर भविष्य उज्ज्वल बनाउन लागि परिरहेकी नायिका हुन्, श्रेया दुलाल । युवा पुस्ताको आकर्षणमा रहेको रंगीन संसार अर्थात् सिने संसारमा रमाउन नचाहने सायद कमै मात्र होलान् ।

त्यस्तै चाहना बोकेर मोडलिङको क्षेत्रमा आफूलाई स्थापित गराउन सिने जगत्मा सक्रिय श्रेया यो क्षेत्रमा लागेको एक दशक भयो । उनले चार दर्जनभन्दा बढी म्युजिक भिडियो र आधा दर्जन चलचित्रमा काम गरिसकेकी छन् ।

आफ्नो भविष्य बनाउने योजनाको साथमा अगाडि बढ्दै गरेकी नायिका दुलालले सिसा, धुन, युज टु, नाई मलाई थाहा छैन, आदिम मानव, शरदका पातहरूलगायतका चलचित्रमा आफ्नो अभिनय क्षमता देखाइसकेकी छन् । आँखमे चोली ‘भोजपुरी’ र मधुमाला  ‘बंगाली’ फिल्ममा पनि उनले अभिनय गरेकी छन् । उनले म्युजिक भिडियो र चलचित्रसम्बन्धी विभिन्न अवार्ड, सम्मान हात पारेकी छन् । अभिनयमा र नृत्यमा पोख्त दुलाल परिवारसहित ललितपुर गोटीखेलमा बसोबास गर्दै आएकी छन् ।

तपाईको प्रतिक्रिया