विपक्षी गठबन्धनका विद्यार्थीको सिमकोटमा सिठ्ठी जुलुस

सिमकोट । विपक्षी गठबन्धन समर्थक विद्यर्थीहरुको समुहले सरकार विरुद्ध सिमकोटमा सिटी जुलुश निकालेको छ ।

जिल्लामा भ्रष्टाचार र महँगी मौलाएको भन्दै विद्यार्थी समुहले सरकार विरुद्ध सांकेतिक रुपमा सिठ्ठी जुलुस निकालेर प्रर्दशन गरेको हो । देशका ७७ वटै जिल्लामा जुलुस निकाल्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार विद्यार्थी संगठनले सदरमुमकाम सिमकोटमा पनि सिठ्ठीजुलुस निकालेको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष धर्मराज जैशीले जानकारी दिए ।

उनका सिमकोट माथिल्लो बजारमा भेला भएका विद्यार्थी संगठन सिठ्ठी बजाउँदै बजार परिक्रममा गरेका छन् । सरकारको विरोध गर्दै आन्दोलित बन्नेमा नेपाल विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन रहेका छन् ।

राष्ट्र्पति विद्यादेवि भण्डारी र प्रधानमन्त्रि वलीले दास्रो पटक संसद विगठन गरेपछि संसद पुनर बहाली हुनु पर्ने माग राख्दै सिटि जुलुस मार्फत ध्यान केन्द्रित गरिएको छ ।

जिल्लाका करीव ३० जना भन्दा बढिको समुहले जिल्ला सदरमुकाम सिमकोटमा बिहिबार (आज) अपरान्ह ४ वजेको समयमा सिटि वजाएर बजार परिक्रमा गरिएको बताइएको छ ।

विपक्षी गठबन्धनका विद्यार्थीको सिमकोटमा सिठ्ठी जुलुस

कार्टुन

विपक्षी गठबन्धनका विद्यार्थीको सिमकोटमा सिठ्ठी जुलुस

पुराना ट्रान्समिटर र जीर्ण बनेका संरचनाले सधैं

Leave a comment

Your email address will not be published. Required fields are marked *