सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार साढे चार अर्बमा खुम्चियो

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। सोमबार बजार ११.७८ अंकले ओरालो लागेर नेप्से परिसूचक २८२२.७४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.०४ अंकले घट्दै ५२८.४२ को विन्दुमा झरेको छ।

कारोबार रकम पनि साढे ४ अर्ब रुपैयाँ बढीमा सीमित बनेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये आठ वटामा मात्रै हरियाली छाएको छ भने आठ वटामा रातो पोतिएको छ।

उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३.९ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह ३.६१ प्रतिशतले बढेको सोमबार लगानी समूहमा ०.५५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३६ प्रतिशत र अन्य समूहमा ०.४० प्रतिशतले बढेको छ। यो दिन वित्त समूह सर्वाधिक २.५१ प्रतिशतले ओरालो लागेको छ।

विकास बैंक समूह २.३७ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.३६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.५८ प्रतिशत, जलविद्युत समूहमा १.८९ प्रतिशत, जीवन बीमा समूहमा ०.८० प्रतिशत, लघुवित्त समूहमा ०.६६ प्रतिशत र निर्जीवन बीमा समूहमा १.१२ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

सोमबार नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका १ करोड ६३ हजार ६३६ कित्ता सेयर ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७८.६१ रुपैयाँमा किनबेच भएको छ।

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ४१ करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ। माथिल्लो तामाकोशीको १९ करोड ३६ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल बैंकको १५ करोड ५६ लाख रुपैयाँकाे काराेबार भएकाे छ।

यस्तै निफ्राको १३ करोड ३२ लाख रुपैयाँ, नेपाल टेलिकमको १२ करोड ८९ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १२ करोड २५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको ११ करोड ३८ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १० करोड ९२ लाख रुपैयाँ, एचआईडीसीएलको १० करोड ६५ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको ८ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

सोमबार विशाल बजार कम्पनीको सेयरधनीहरु मालामाल बनेका छन्। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ।

यो दिन हिमालयन डिस्टिलरीको सेयरभाउ पनि ८ प्रतिशत बढीले उकालो लागेको छ। यो दिन गोर्खाज फाइनान्सका सेयर धनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्य ६ प्रतिशत बढीले ओरालो लागेको छ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार साढे चार अर्बमा खुम्चियो

राष्ट्रियसभा बैठक : प्रतिनिधिसभा विघटनको पक्ष र

Leave a comment

Your email address will not be published. Required fields are marked *