पोखरेल मुख्यमन्त्रीका एक्ला दाबेदार : प्रदेश प्रमुख

काठमाडौं । गण्डकी प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका कृष्णचन्द्र नेपाली पोखरेल एक्ला उम्मेदवार रहेको जनाएको छ ।

कार्यालयले प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश प्रमुखले शनिबार दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरिएको समयमा पोखरेलको मात्रै दाबी परेको जनाएको हो । सोही अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

यसअघि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दाबी गरेको समाचार आएको थियो। प्रदेश प्रमुखको कार्यालयले भने गुरुङको दाबीबारे केही उल्लेख गरेको छैन।

पोखरेल मुख्यमन्त्रीका एक्ला दाबेदार : प्रदेश प्रमुख

शुभकामना कार्डमा पठाइएको त्यो प्रेम प्रस्ताव

पोखरेल मुख्यमन्त्रीका एक्ला दाबेदार : प्रदेश प्रमुख

१४ औं महाधिवेशन सार्ने काँग्रेसको निर्णय

Leave a comment

Your email address will not be published. Required fields are marked *