चिनियाँ खोप लगाएका पाकिस्तानीलाई साउदीले भिषा दिएन

एजेन्सी ।  साउदी अरबले चिनियाँ खोप लगाएका पाकिस्तानीलाई भिषा दिन अस्वीकार गरेको छ। खोप राहदानी नीति अंगिकार गरेको उसले रोजगारी, कारोबार वा हजका लागि साउदी जान चाहेका पाकिस्तानीलाई भिषा नदिएको हो।

पाकिस्तानी सञ्चारमाध्यमलाई उधृत गर्दै बीबीसी हिन्दीले तयार गरेको सामग्रीअनुसार पाकिस्तानका गृहमन्त्री शेख रसिद अहमदले आफ्ना नागरिकलाई साउदी प्रवेशका लागि सहज बनाउनेबारे कुटनीतिक स्तरमा छलफल भइरहेको बताएका छन्। उनले प्रधानमन्त्री इमरान खानले चिनियाँ खोपलाई प्रयोगको अनुमति नदिएका देशहरुसँग कुटनीतिक रुपमा छलफल गरिरहेको बताएका छन्।

साउदी अरबलगायतका केही मध्यपूर्वी एसियाली देशहरुले चिनियाँ खोपलाई प्रयोगको अनुमति दिएका छैनन्। तर विश्व स्वास्थ्य संगठनले भने चिनियाँ कम्पनी सिनोफार्म र सिनोभ्याकले उत्पादन गरेको खोपलाई प्रयोगको अनुमति दिइसकेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार साउदी अरबले फाइजर, एस्ट्राजेनेका, मोडर्ना र जोनसन एण्ड जोन्सनको कोरोना खोपलाई प्रयोगको अनुमति दिएको छ। साउदीले चिनियाँ खोप लगाएकालाई मुलुक प्रवेश गर्न नदिने भएपछि पाकिस्तानले हज गर्न जानेहरुका लागि अन्य कम्पनीको खोपको व्यवस्था गर्ने आश्वासन दिएको छ। पाकिस्तानले हजका लागि स्वीकृति पाएकाहरुलाई एक महिनाभित्र फाइजरको खोपको व्यवस्था गर्ने तयारी गरेको हो।

चिनियाँ खोप लगाएका पाकिस्तानीलाई साउदीले भिषा दिएन

बोको हरामका नाइके अबुबकारले आत्महत्या गरेको दाबी

चिनियाँ खोप लगाएका पाकिस्तानीलाई साउदीले भिषा दिएन

भोलिदेखि भेरोसेल खोप अभियान

Leave a comment

Your email address will not be published. Required fields are marked *