नाइजेरियामा बन्दुकधारीले गरे १५० विद्यार्थी अपहरण

एजेन्सी । नाइजेरियामा एउटा स्लामिक विद्यालयमा अध्ययनरत झण्डै १ सय ५० जना विद्यार्थी अपहरणमा परेका छन्।

नाजेरियाली अधिकारीले बन्दुकधारीले विद्यार्थी अपहरण गरेको पुष्टि गरेका छन्। मोटरसाइकलमा आएका अपहणकारीले बन्दुक चलाउँदै मानिसलाई त्रसित बनाएर विद्यालयमा प्रवेश गरेको बताइएको छ।

उनीहरुले अन्धाधुन्ध गोली चलाउने क्रममा दुई जनाको मृत्यु भएको छ। विद्यालयमा ८ देखि १८ वर्षका विद्यार्थी रहेका थिए।

नाइजेरियकाका उत्तरी राज्यहरुमा विद्यार्थी अपहरण बढ्दो छ। गत फेब्रुअरीमा एक वोर्डिङ स्कुलमा अध्ययनरत झण्डै ३ सय किशोरीहरु अपहरणमा परेका थिए। ती मध्ये हाल धेरैजसो बन्धकमुक्त भइसकेका छन्।

नाइजेरियामा बन्दुकधारीले गरे १५० विद्यार्थी अपहरण

बङ्गलादेशले भारतसँगको सीमा नाका जुन १४ सम्म

Leave a comment

Your email address will not be published. Required fields are marked *