राष्ट्रियसभा उपनिर्वाचन : स्थानीय तर्फ विपक्षी उम्मेदवारको अग्रता

दाङ : लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दुगनारायण पाण्डेले अग्रता बनाएका छन् ।
स्थानीय तह तर्फको मतगणना सकिँदा पाण्डेले १ सय १८ मत ल्याउँदा उनको प्रतिस्पर्धी नेकपा एमालेका चन्द्रबहादुर खड्काले ९३ मत पाएका छन्। अब प्रदेशसभा तर्फको मतगणना सुरु गरिँदैछ ।






