राष्ट्रियसभा उपनिर्वाचन : २९७ मत खस्यो, केहीबेरमा गणना सुरु हुँदै

दाङ : लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचन २ सय ९७ मत खसेको छ। तीन जना मतदाता अनुपस्थित रहे।

निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा,धवल शम्शेर राणा,गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा र बाँकेको नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साह अनुपस्थित रहे।

कोरोना संक्रमितका लागि छुट्ट्याइएको केन्द्रमा २७ मत खसेको थियो। अब केहीबेरमा मतदान अघि बढ्ने निर्वाचन अधिकृत थापाले बताए। घोराही स्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजे शुरु मतदान ३ बजे सकिएको हो। उपनिर्वाचनमा सत्तापक्ष र विपक्षी गठबन्धनबाट दुई जना प्रतिस्पर्धामा छन् ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका विपक्षी गठबन्धनका तर्फबाट दुगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार छन् ।

राष्ट्रियसभा उपनिर्वाचन : २९७ मत खस्यो, केहीबेरमा गणना सुरु हुँदै

‘कोरोनाको भियतनामी भेरिएन्ट हावाबाट पनि सर्न सक्ने’

Leave a comment

Your email address will not be published. Required fields are marked *