नेपाल सुपर लिगको पहिलो प्लेअफ आज, विजेता टिम फाइनलमा पुग्ने

काठमाडौं : नेपाल सुपर लिग फुटबलमा आज प्लेअफको पहिलो खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र धनगढीले प्रतिस्पर्धा गर्दैछन्।

शीर्ष स्थानमा रहँदै प्लेअफ प्रवेश गरेको काठमाडौंले लिग चरणमा ६ मध्ये ४ मा जित र एकमा बराबरी खेल्दै १३ अंक जोडेको थियो। धनगढीले ६ खेलबाट ३ मा जित र १ मा बराबरीको नतिजा निकालेर १० अंक जोडेको छ।

आजको खेलमा जित निकाल्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। पराजित टोलीले भने ललितपुर र बुटवल लुम्बिनी बीचको विजेतासँग इलिमिनेटेर खेल्नेछ।

प्लेअफको दोस्रो खेलमा भोलि ललितपुर सिटी र बुटवल लुम्बिनी भिड्नेछन्। नेपालमा आयोजित पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगितामा ७ टोली सहभागी भएका थिए। प्रतियोगिताको विजेताले ३५ लाख नगदसहित ट्रफी हात पार्ने छ।

नेपाल सुपर लिगको पहिलो प्लेअफ आज, विजेता टिम फाइनलमा पुग्ने

बाबर आजम बने बने ‘आईसीसी प्लेयर अफ

नेपाल सुपर लिगको पहिलो प्लेअफ आज, विजेता टिम फाइनलमा पुग्ने

नेपालमा सघाउन जापानमा कोभिड–१९ प्रतिकार्य समिति

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds