चिनियाँ नौसेना एक दशकदेखि हिन्द महासागरमा घुमिरहेको छ : भारत

एजेन्सी । भारतका नौ सेना प्रमुख एडमिरल करमवीर सिंहले चिनियाँ नौ सेना एक दशकदेखि हिन्द महासागरमा घुमिरहेको दाबी गरेका छन् ।

एक दशकदेखि नै चिनियाँ नौ सेनाले हिन्द महासागर क्षेत्रमा नियमित उपस्थिति जनाएको भारतीय नौ सेना प्रमुखले बताएका हुन् । आफूहरूले एक दशक अघिदेखि हिन्द महासागरको जल क्षेत्रमा चिनियाँ नौ सेनाको लगातार उपस्थिति देखिरहेको एडमिरल सिंहले उल्लेख गरेका छन् ।

ऊर्जा, बजार र साधनस्रोतका लागि चीनले पश्चिमतर्फ हेरेको भन्दै उनले हिन्द महासागरमा अब छिट्टै सबैले देख्नेगरी चिनियाँ नौ सेनाको उपस्थिति भए सो अनौठो नहुने पनि विश्लेषण गरेका छन् । व्यापार हुने क्षेत्रमा नौ सेनाको उपस्थिति स्वाभाविक हुने उनको तर्क छ ।

चिनियाँ नौ सेनाको विकास रफ्तार देखेर आफू अचम्मित नभएको उल्लेख गर्दै सिंहले जल क्षेत्रमा अमेरिका हाराहारीमै शक्ति आर्जन गर्न चीन लागिपरेको पनि बताएका छन् ।

चिनियाँ नौसेना एक दशकदेखि हिन्द महासागरमा घुमिरहेको छ : भारत

भारतमा २४ घण्टाभित्र २ लाखभन्दा धेरै संक्रमित

चिनियाँ नौसेना एक दशकदेखि हिन्द महासागरमा घुमिरहेको छ : भारत

‘मेरो कित्ता’ सेवा शुभारम्भ, घरजग्गाको नक्सा हेर्न

Leave a comment

Your email address will not be published. Required fields are marked *