नेपाल स्वास्थ्य शिक्षा संघको अध्यक्षमा डा. भिमसेन देवकोटा

सुर्खेत । नेपाल स्वास्थ्य शिक्षा संघ (एचइएनए) को केन्द्रीय अध्यक्षमा भिमसेन देवकोटा निर्वाचित भएका छन् । संस्थाको यहि चैत्र २८ र २९ गते चितवनमा भएको १३ औं साधारण सभा एवं अधिवेशन देवकोटा निर्वाचित भएका हुन ।

यस्तै निबर्तमान अध्यक्षमा प्रा.डा. शिव शरण महर्जन, अध्यक्षमा प्रा.डा. भिमसेन देवकोटा, उपाध्यक्ष विष्णु वाग्ले, महासचिवमा डा. भगवान अर्याल,सचिवमा यदुराम उप्रेती, कोषाध्यक्षमा माधवी घिमिरे गरि १४ सदस्यीय निर्वाचित भएको (एचइएनए)ले जनाएको छ ।

यस्तै निर्वाचित सदस्यहरुमा अनिलकुमार मन्डल, इन्दिरा चौलागाई, डा. कुसुमराज सुवेदी, तोयानाथ पहाडी, वीरेन्द्र कार्कि, शान्तिप्रसाद खनाल, सुमन सिलवाल, हरिस सामन्त र ज्ञानेन्द्र पौडेल रहेका छन् ।

१३ औं अधिवेशनबाट नवनिर्वाचित सम्पूर्ण केन्द्रीय समितिका पदाधिकारी एवम सदस्यहरुलाई संस्थाले बधाई ज्ञापन तथा महत्वपूर्ण जिम्मेवार बहन गरेको भन्दैँ निर्वाचन समितीप्रति हार्दिक आभार व्यक्त समेत गरेको छ ।

नेपाल स्वास्थ्य शिक्षा संघको अध्यक्षमा डा. भिमसेन देवकोटा

कर्णालीमा अब एमालेको एकल बहुमत, नयाँ सरकार

Leave a comment

Your email address will not be published. Required fields are marked *