‘चन्दननाथमा कृषि र पर्यटन समृद्धिका मुख्य आधार हुन्’

जुम्लाको चन्दननाथ नगरपालिका १० वटा वडामा विभाजित छ । नगरपालिकामा २० हजार आठ सय ८४ जनसंख्या रहेको छ । यसको नामाकरण चन्दननाथ मन्दिरको नामबाट राखिएको हो । यस नगरपालिकामा क्षेत्री, ब्रहामण, दलित, जनजाती र अन्य जातिको बसोबास छ । नगरपालिकाको पूर्वमा गुठीचौर, पश्चिममा तातोपानी, उत्तरमा पातारासी र कनकासुन्दरी गाँउपालिका र दक्षिणमा जाजरकोट जिल्लाको सिमानासम्म फैलिएको छ । ऐतिहासिक चन्दननाथ, भैरवनाथ मन्दिर, ठाकुरज्यु जस्ता धार्मिक, प्राकृतिक र साँस्कृतीक क्षेत्रहरु छन् । नगरपालिकामा जनप्रतिनिधि आएपछि यो अवधिमा नगरमा के कस्ता विकास निर्माण भए ? जनताको अपेक्षाअनुसार काम गर्न जनप्रतिनिधिहरु सफल भए त  ? यीनै विषयमा केन्द्रित रहेर हाम्रा सहकर्मी टेकराज केसीले जुम्लाको चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपानेसँगकुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंश

अप्सरादेवी न्यौपाने
उपप्रमुख, चन्दननाथ नगरपालिका, जुम्ला

हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?

म अहिले जनताकै काममा व्यस्त छु । नगरपालिकामा चलिरहेका कामको अनुगमन र मुल्याकंन गरिरहेको छु । कोरोनाका कारणले गर्दा रोकिएका कामहरु संचालनका लागि दौडधुप गरिरहेको छु । अहिले ति कामहरुसँगै न्याय निरुपनको काममा व्यस्त छु ।

तपाइँ निर्वाचित भएयता नगरमा के परिवर्तन भए नी ?

स्थानीय निर्वाचनपछि हामी निर्वाचित भएर आयौं । पहिलो बर्ष त हाम्रो सिकाइमै गयो । त्यसपछिका बर्षहरुमा हामीले जनताका समस्याको पहिचान गरी समाधानका योजना निर्माण गर्यौं ।

हामी निर्वाचित हुनुभन्दा अगाडी सबै ठाउँमा पूर्वाधार विकास भइसकेको थिएन । सबै वडामा सडक सञ्जाल पुर्याउन सफल भएका छांै । ति सडकहरुको स्तरोन्नती भइरहेको छ । त्यसैगरी विद्युत पनि सबै वडामा पुर्याउनेगरी योजना बनेका छन् । भने लोडसेडिङ्ग समस्या समाधानको लागि पहल भइरहेको छ ।

सडक सञ्जाल सबै वडामा पुगेपछि मानिसहरु उत्पादनमा जोडिन थालेका छन् । त्यसका साथै शिक्षा क्षेत्रमा सुधार आएको छ । भने स्वास्थ्यको पहुँचमा जनतालई पुर्याउनेगरी काम भएको छ । विद्यालय भवन निर्माण गर्नेदेखि, स्वास्थ्य भवन निर्माणका काम पनि भएका छन् ।

पछाडी पारिएको बर्गको क्षेत्रमा के काम गर्नुभएको छ ?

चन्दननाथ नगरपालिका सबै जातजाती रहेको नगरपालिका हो । सबैभन्दा पछाडी पारिएको समुदाय भनेको दलित, समुदाय हो भने महिला र अल्पसंख्यक समुदाय पनि पछाडी पारिँदै आएका हुन् । अहिले उनीहरुलाई अगाडी ल्याउनेगरी विभिन्न तालिमहरुको व्यवस्था गरिएको छ । कति त रोजगारीमा पनि जोडिएका छन् । ढाँका बुनाई तालिम, अन्य सीपमुलक तालिम दिएर अगाडी ल्याउन कोशिस गरेका छौं ।

त्यसका अलवा हामीले विभेद कम गर्न विभिन्न जनचेतनाका कार्यक्रमहरु पनि संचालन गरिरहेका छौं । यसका साथै महिला, बालबालिका र दलित समुदाय पछाडी परेको अवस्था छ । उनीहरुलाई अगाडी ल्याउन लक्षित कार्यक्रमहरु संचालन गरिएको छ । म न्यायिक समितिको संयोजक पनि हो । त्यस्ता पछाडी पारिएका समुदाय वर्गको उत्थान र न्याय निरुपनको लागि लागिरहेको छु ।

नगरमा समृद्धिका सम्भावना र आधारहरु के–के हुन् ?

साच्चिकै भन्ने हो भने चन्दननाथ नगरपालिकामा कृषि र पर्यटन नै समृद्धिका आधारहरु हुन् । यसैलाई मध्यनजर गर्दै स्याउ खेती गर्न पकेट क्षेत्र छुट्याइएर स्याउ खेतीलाई जोड दिएका छांै । त्यसैगरी कृषितर्फ नै मार्सी धान, सिमी, खेतीलाई जोड दिइएको छ ।

त्यसमा धेरैजसो युवाहरु नै आकषर््िात भएका छन् । त्यसैगरी चन्दननाथ मन्दिर, र यहाँका अन्य पर्यटकीय क्षेत्रलाई सम्वद्र्धन गर्नका लागि हामीले बजेट विनियोजन गरेका छौं । र रारा जाने पर्यटकहरुलाई एकपटक जुम्ला आउनैपर्ने गराउन होटेलहरु राम्रा बनाउने योजना हाम्रो छ । तर बजेट अभावले हामीले भनेअनुसारले काम गर्न सकिरहेका छैनौं ।

विकासका काम गर्दा के कस्ता चुनौती आउँछन् ?

सबैभन्दा ठुलो चुनौती भनेको कानुनी अन्यौलता नै हो । अर्को चुनौती भनेको सबैलाई मिलाएर लिन खोज्दा पनि नहुँदो रहेछ । त्यसका साथै अन्य थुप्रै चुनौतीहरु छन् । संघ र प्रदेश सरकारले सहजिकरण गर्नुपर्ने, त्यसो नगरेको हामीले महशुस गरेका छौं ।

केही विज्ञहरुले पनि आफुहरुको कामको आलोचना गर्ने तर सहयोग नगर्ने गर्दा विकास गर्न चुनौती छ । अरु चुनौती पनि छन् । ति चुनौतीलाई सामाना गर्दै विकास निर्माणको कामहरु अगाडी बढाउँछांै ।
हनगरमा मुख्य समस्या के छन् ?

तपाईँलाई भन्नुपर्दा सबैभन्दा ठुलो समस्या भनेको बजेट अभाव हो । हाम्रो आन्तरिक स्रोत कम छ । उद्योगधन्दा र कारखाना छैनन् । र संघ र प्रदेश सरकारबाट आउने अनुदानले सबै क्षेत्रको विकास गर्न सम्भव छैन ।
अझै भनौ हिमाली क्षेत्रमा रहेका नागरिकका समस्या धेरै छन् । त्यसैले सबैभन्दा ठुलो समस्या भनेको बजेट अभाव नै हो । र अर्को समस्या भनेको मानिसहरुको चेतनाकोस्तर माथी उठ्न नसक्नु पनि हो । यसले विकासमा समस्या सिर्जना गर्दोरहेछ ।

संघ र प्रदेशसँग कसरी समन्वय गर्नुभएको छ ?

संघ सरकार र प्रदेश सरकारसँग हाम्रो समन्वय छ । तर प्रदेश र केन्द्र सरकारले त्यती समन्वय राख्न चाहादैनन् । सहयोग पनि हाम्रो नगरपालिकालाई नगरेको अनुभुती मैले गरेको छु । तर तिनै तहका सरकारको समन्वय भने आवश्यक ठान्छु । अहिले जे भइरहेको छ । हाम्रो तर्फबाट मात्र समन्वय भएको छ । जहिले पनि समन्वय त साझा हुनुपर्छ नी ।

युवालाई रोजगारी दिन के योजना बनाउनु भएको छ ?

हामीले युवाहरुलाई फलफुल खेती र उद्यमी बनाउन खोजिरहेका छाै‌ । नगरपालिकाकै लगानीमा केही युवाहरुलाई हामीले विभिन्न उद्यमशिलता सम्बन्धी तालिम दिएका छौं ।

जस्तै, हाउसवाइरिङ्ग, ग्यारेज सम्बन्धीका तालिमहरु गत साल संचालन गरेका थियौं । त्यो अहिलेको बर्ष पनि चलिरहेको छ । त्यसबाट धेरै युवाहरु स्वरोजगार बन्नुभएको छ । त्यस्तै मैले अघि तपाईलाई भनेको जस्तै महिलाहरुलाई ढाँका बुनाई, सिलाई कटाइका सीपहरु सिकाएर स्वरोजगार बनाएका छौं ।

सानो लगानीमा आफै नै उद्यमी बनाउने योजना नगरपालिकाको छ । यसका साथै कृषि क्षेत्रमा पनि व्यपसायिक बनाउन हाम्रो प्राथामीकता रहेको छ । हाम्रो पालासम्म प्रत्यक व्यक्तीलाई केही न केही गरिखान सक्ने बनाउन चाहान्छौं ।

‘चन्दननाथमा कृषि र पर्यटन समृद्धिका मुख्य आधार हुन्’

ओलीबा ! माधव नेपालका ३८ सांसदले पाँच

‘चन्दननाथमा कृषि र पर्यटन समृद्धिका मुख्य आधार हुन्’

कर्णालीमा कृषि क्षेत्र सुधार गर्न चुनौती

Leave a comment

Your email address will not be published. Required fields are marked *