सडक खन्न हतारो

कालिकोट, १ चैत्र ।
कालीकोटका स्थानीय सरकारले आफ्नो पहिलो वर्षमै बाटाघाटा निर्माणलाई पहिलो प्राथमिकता राखेर धमाधम सडक खन्न सुरु गरे । विकट कालीकोटका लागि सडक पहिलो आवश्यकता पनि थियो । ९ वटा स्थानीय तह रहेको कालीकोटमा खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकामात्र कर्णाली राजमार्गसँग जोडिएका थिए । बाँकी ७ वटा स्थानीय तहलाई 
घरगाउँको सरकार आउँदासम्म कतै पनि सडक सन्जालले छोएका थिएनन् । कर्णालीभित्रको निम्छरो पूर्वाधार अवस्थालाई परिवर्तन गर्न र सिंहदरबारको अधिकार गाउँमा आएको देखाउन यहाँका सबै स्थानीय तहले सडक खन्नमै पहिलो प्राथमिकता राखेर धमाधम स्काभेटरमार्फत गाउँ–गाउँमा सडक निर्माण सुरु गरे ।






