सिंजामा खुल्यो आँखा उपचार केन्द्र

जुम्ला, २८फागुन ।

जुम्लाको सिंजा गाउँपालिकाको नराकोटमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । गाउँपालिका र नेपाल नेत्रज्योति संघको समन्वयमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो । गाउँपालिका अध्यक्ष देवलसिंह रावलका अनुसार आँखा उपचार केन्द्रमा काम गर्ने कर्मचारी र भवन व्यवस्थापन गाउँपालिका स्थानीय सरकारले 

गरेका हो । उनले भने, ‘केन्द्रमा उपकरणको व्यवस्थापन भने नेपाल नेत्रज्योति संघले गरेको हो । तत्कालीन आँखा उपचार केन्द्र सञ्चालन गर्न गाउँपालिकाले आँखा उपचारसम्बन्धी १ जना नायब सुब्बा स्तरका कर्मचारी व्यवस्थापन गरेका छौँ ।’ संघीय संरचना अनुसार सिंजा भेग (तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका) निर्वाचन क्षेत्र नम्बर (ख) मा पर्दछ । गाउँपालिका प्रवक्ता तथा वडाध्यक्ष नवीन

शर्माका अनुसार यहाँका नागरिकले आँखा उपचारका लागि लामो दूरीमा रहेको जुम्ला सदरमुकाम निर्वाचन क्षेत्र नम्बर (क) खलंगास्थित आँखा उपचार केन्द्रमा उपचार गराउँदै आएका थिए । नजिककै आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि

यहाँका ज्येष्ठ नागरिक तथा आँखासम्बन्धी बिरामी व्यक्तिले नजिकै उपचार पाउनेछन् । विशेषगरी यो आँखा उपचार केन्द्रमा हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका नागरिकलाई सहज हुने वडाध्यक्ष शर्माले बताए ।

सिंजामा खुल्यो आँखा उपचार केन्द्र

मौरीपालनमा बढ्दो लगानी

सिंजामा खुल्यो आँखा उपचार केन्द्र

गाउँमा पहिलो पटक गाडी पुग्दा…

Leave a comment

Your email address will not be published. Required fields are marked *