सजिलो छैन एमालेभित्र पुनर्मिलन

काठमाडौं, २८फागुन ।

शोक प्रस्ताव पारित गर्दै सकिएको बुधवारको प्रतिनिधिसभा बैठकमा नेकपा एमाले छुट्टै अस्तित्वसहित उपस्थित भयो । दलका नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओली बैठक सुरु नहुँदै फर्किए पनि बाँकी नेताहरू २ जेठ २०७५ अगाडिको एमालेकै हैसियतमा बसे । उपस्थित एमाले सांसदमध्ये झलनाथ खनाल ओलीपछिको वरिष्ठ नेताको हैसियतमा थिए । यसपछि माधवकुमार नेपाल र बाँकी नेताहरू एमाले पार्टी 

संरचनामा वरिष्ठताका आधारमा बसे । अर्थात्, एमाले पुनर्मिलनको पहिलो भौतिक दृष्य प्रतिनिधिसभामा देखियो । बैठकबाट बाहिरिएपछि खनालले पुनर्मिलनको भाषामै बोले– अब एमाले सरकार जोगाउन लागि पर्छौं । जबकी केही दिन अघिसम्म खनाल, नेपालसहित नेताहरू ओलीलाई प्रधानमन्त्रीबाट हटाउने सघन छलफल र योजनामा थिए । ५ पुसमा प्रतिनिधिसभा विघटन गरिएपछि खनाल र नेपालसहितको

समूह ओलीसँग व्यवहारिक र राजनैतिक रूपमा अलग भएकाले एकअर्का विरुद्ध थुप्रै गतिविधि गरेका छन्, तिक्ततापूर्ण अभिव्यक्ति दिएका छन् । नेपाल त ओली इतर पार्टीको अध्यक्ष नै बनेका थिए । तर, जब सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता प्रक्रिया नै भंग गरी एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला ग¥यो,

तब राजनीतिक ‘कोर्स’ नै उल्टिएको छ । खनाल र नेपाल समूहसँग मिलेर छुट्टै पार्टी संरचना निर्माण गरेको माओवादी केन्द्र पनि प्रतिनिधिसभामा फरक अस्तित्वमा आइसक्यो । तर, फैसलाको तीन दिनभित्रै एमाले अस्तित्वमा आएको भौतिक दृष्य संसदमा देखिए जति सहज छैन । बुधबार नेताहरु संसदमा एउटै लहरमा देखिए पनि कैलालीको धनगढीमा कार्यकर्ताबीच कुटाकुट गरे । भीम रावल कि लेखराज भट्ट

प्रदेश इन्चार्ज भन्ने विवादमा ओली र खनाल–नेपाल पक्षबीच झडप भएको थियो । ३३ महिना अगाडिकै एमाले संरचनामा फर्कन एकअर्का विरुद्ध विकसित भावना र व्यक्त अभिव्यक्तिसँगै अर्को जटिलता हो– ५ पुस यताका निर्णय र निर्माण गरिएका पार्टी संरचना । एमाले हुँदा र माओवादीसँग एकता गरेपछि रावल इन्चार्जको भूमिकामा थिए भने ५ पुसपछि ओली पक्षले भट्टलाई इन्चार्ज बनाएको थियो । रावल र भट्टको नेमप्लेट राख्ने र फाल्ने क्रममा त्यहाँ झडप भएको थियो । धनगढीकै जस्तो झडपको अवस्था अन्यत्र नभएपनि सामान्य मतभेद र एकअर्कालाई अस्वीकार गर्ने अवस्था

देशैभर रहेको एक जना एमाले नेताले बताउँछन् । ‘अदालतले एमाले ब्युँताइदिए पनि एमालेभित्र दुई पार्टीको अवस्था व्यवहारिक रुपमा छ, त्यसैले एकअर्कालाई निषेध गर्न खोज्दा परिस्थिति असहज भइरहेको हो’, ती नेता भन्छन् । ओली र खनाल–नेपाल पक्षबीच पुनर्स्थापित एमालेको ब्यानर राख्ने क्रममा धेरैतिर असहज परिस्थिति सिर्जना भएको छ । ओलीको तस्वीरसहितको ब्यानर खनाल–नेपाल पक्षले मन पराएको छैन ।

तर, यसलाई समस्याका रुपमा बुझ्न नहुने एमालेका उपमहासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल बताउँछन् । ‘हेर्दै जानु न, सबै कुरा बिस्तारै मिल्दै जान्छ’, उनी भन्छन् । प्रतिनिधिसभाको भौतिक उपस्थिति र फैसलापछिको वैधानिक निर्णयले एमाले एक भइसके पनि व्यवहारिक रूपमा भने अहिलेसम्म एकअर्का खेमाका शीर्ष नेताहरू बीचको सम्वादहीनता तोडिएको छैन । खनाल–नेपाल खेमाले छुट्टै छलफल

र बैठक राखिरहेका छन् । बुधबार आफू निकट केन्द्रीय सदस्यहरुको बैठक राखेको यो खेमाका स्थायी कमिटी सदस्यहरू विहीबार फेरि छलफलमा जुटेका छन् । एमाले एकताबद्ध भएर अगाडि बढ्छ वा असहज परिस्थिति सिर्जना हुन्छ भन्ने ओलीमै निर्भर हुने यो खेमाको निष्कर्ष छ । यो खेमाका सांसदहरू पनि अनौपचारिक सम्वादमा छन् । तर पार्टी अध्यक्ष, दलका नेता एवम् प्रधानमन्त्री ओलीले अहिलेसम्म पुनर्स्थापित एमालेको गतिविधि बढाउन सुरसार गरेको देखिएको छैन । बरू, दोस्रो तथा तेस्रो

तहका नेताहरू भने अनौपचारिक सम्वादमा जुटेका छन् । ‘व्यवहारिक रूपमा निकै टाढा पुगिसकेका थियौं । त्यसकारण असहज परिस्थिति पक्कै छ । तर, हामीसँग अर्को विकल्प पनि छैन’, अनौपचारिक सम्वादमा सक्रिय एकजना एमाले नेता भन्छन् । स्रोतका अनुसार, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, योगेश भट्टराई, सोमप्रसाद पाण्डे, महेश बस्नेतलगायत नेताहरु ओली र

नेपालबीचको सम्वादहीनता अन्त्य गर्न सक्रिय छन् । यी नेताहरूबाट प्रकट अभिव्यक्तिमा पनि तिक्तता बिर्सिएर अगाडि बढ्नुपर्ने अपिल देखिन्छ । ‘सर्वोच्चको फैसलापछि एमालेका अध्यक्ष एकताको भावलाई समेटेर पार्टीलाई अघि बढाउन गम्भीर परामर्शमा हुनुहुन्छ । कुनै नयाँ निर्णय भएको छैन’, शंकर पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् । जबकी, ५ पुसयता नेताहरुको अभिव्यक्ति र सामाजिक सञ्जालमा व्यक्त टिप्पणी असहिष्णु मात्रै नभएर गम्भीर आरोपतर्फ उन्मुख

थियो । अहिले पनि कार्यकर्ता तहमा एकअर्का खेमालाई दोष लगाउने, खिस्याउने र मिल्न सकिने प्रकृतिको अभिव्यक्ति देखिन्छ । ‘एमाले र माले विभाजित हुँदा भन्दा अहिले धेरै तल झरेर एकअर्कामा आरोप लगाउने, खिस्याउने र असहिष्णुता प्रकट

हुने गरेको देखिएको छ’ एक नेता भन्छन्, ‘अहिले जसरी व्यक्ति नै टिकेर टिप्पणी गरिँदैछ, एमाले र माले मिल्दा यस्तो अवस्था थिएन ।’ ओली पक्षका नेता–कार्यकर्ताले खनाल–नेपाल पक्षलाई ‘एमालेमा फर्किएको’, ‘सुध्रिए स्वागत गर्ने’, ‘आत्मलोचना गर्नुपर्ने’, ‘ ओलीले भनेको खुरुक्क मान्नुपर्ने’ जस्ता अभिव्यक्ति दिइरहेका छन् ।

सजिलो छैन एमालेभित्र पुनर्मिलन

ओलीबाको जित र प्रचण्डको हार भनेर लड्डु

सजिलो छैन एमालेभित्र पुनर्मिलन

मौरीपालनमा बढ्दो लगानी

Leave a comment

Your email address will not be published. Required fields are marked *