चुनाब रौनक–प्रचारमा हिडेका संयुक्त व्यवसायिक प्यानललाई सल्लीमा स्वागत

दुर्गा विसी
सल्यान, २४ फागुन ।
सल्यान उद्योग बाणिज्य संघ सल्यानको अधिवेशन यहि २९ गते तोकिएपछि चुनावी प्रचार प्रसार अभियान व्यापक पारिएको छ । विगत तीन बर्ष भन्दा बढि सल्यान उद्योग बाणिज्य संघको कुशलतापूर्वक नेतृत्व सम्हाली सकेका निवर्तमान वरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकी नेतृत्वमा संयुक्त व्यवसायिक प्यानलका अध्यक्षका उम्मेदवार रहेका छन् ।

उम्मेदवारको टिमलाई बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार पुन र यहाँका व्यापारीले भव्य स्वागतसँगै खादा र अविरआवरण सहित अग्रिम शुभकामना तथा बधाई दिएका छन् । शुक्रबारदेखी जिल्ला केन्द्रित चुनाब प्रचार प्रसारमालाई तिब्रता दिएको उक्त टिम सोमवार विहान सल्लिवजारमा व्यापारीहरुको घरमै पुगेर आफ्ना चुनावी एजेण्डा प्रतिवद्धता जाहेर गर्दै मत दिन आग्रह गरिएको खबर छ ।

बाणिज्य संघको चुनाबको लागी दुई प्यानल नेपाली काँग्रेस, केपि समूह र राप्रपा बिचको सहकार्यमा संयुक्त व्यवसायिक प्यानल र माधव प्रचण्डको प्रगतिशिल प्यानल बनाएर भाग लिएका छन् । दुबै टिम यतिखेर चुनावी प्रचार अभियानमा जुटेका छन् । कुमार बुढाथोकीले नेतृत्व गरेको टिम शुक्रबारदेखी चुनाब प्रचार प्रसार जिल्ला दौडमा निकल्ने क्रममै कालिमाटी गाउँपालिका, बनगाड कुपिण्डे, कुमाख हँुदै शनिबार वेलुकीसम्म दार्मा प्रस्थान गर्ने जनाएको छ ।

व्यवसायिक एकता आजको आबस्यकता, आर्थिक समृद्धि र पारदर्शिता भन्ने मुल नाराका साथ संयुक्त व्यवसायिक प्यानलले प्रचार प्रसार व्यापकता पारिएको हो । यहि फागुन २९ गते हुने उद्योग वाणिज्य संघ सल्यानको निर्वाचनका लागि आफ्ना एजेण्डाहरु लगेर मतदातामाझ पुग्ने उद्देश्यले प्रचारप्रशार शुुरु गरिएको उक्त प्यानलले जनाएको छ ।

यो यात्रा नेतृत्व हत्याउने रणनीति मात्रै नभएर जिल्लाका व्यापारीहरुको समस्याहरुका बारेमा समेत सम्बोधन गर्ने गरि हाम्रो टिम खडा भएको दावि छ। गत बर्षको नेतृत्वमा पुरा हुन नसकेका कामहरुलाई पुरा गर्ने उद्धेश्यले निर्बाचनमा होमिएको अध्यक्षका दाबेदार कुमार बुढाथोकीको दावी छ ।

व्यवसायिक एकता, हकहित, पर्यटन, महिला लघु उद्यम, एकद्वार प्रणाली, आर्थिक बिकास, व्यवसायिक सुरक्षा लगाएतका प्रमुख प्रतिबद्धता लिएर उद्योगी, व्यवशायी, ब्यापारी माझ गईरहेको महासचिबका उमेद्धवार रुपक बुढाले बताए । प्रचार प्रसारका शिलशिलामा सल्लिवजारमा आएको उक्त टिमले जित सुनिश्चित भएको घोषणा समेत गरेका छन् ।

चुनाब रौनक–प्रचारमा हिडेका संयुक्त व्यवसायिक प्यानललाई सल्लीमा स्वागत

महिला सशक्तिकरणका लागि शिक्षामा जोड

चुनाब रौनक–प्रचारमा हिडेका संयुक्त व्यवसायिक प्यानललाई सल्लीमा स्वागत

कोटको थुम्कामा महाशिवरात्रीमा भव्य कार्यक्रम

Leave a comment

Your email address will not be published. Required fields are marked *