कांग्रेस सडकमाः संसद विघटनविरुद्ध देशको १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन

काठमाडौं, १३ पुस ।

प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गरेको छ । विघटित संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेसले देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गरेको हो । हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली निस्केको छ भने सभामा नेताहरुले सम्बोधन गर्दैछन् ।

भक्तपुरको मध्यपुर थिमीको सभालाई पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँमा आयोजित सभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।

महामन्त्री डा. शशांक कोइरालाले आफ्नै निर्वाचन क्षेत्र नवलपुरमा सम्बोधन गर्दा पूर्व महामन्त्री प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर, केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशीले बसन्तपुर र गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
काठमाडौंका १५ ठाउँमा सभा र प्रदर्शन भइरहेको छ ।

प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि कांग्रेस पनि वैचारिक रुपले विभाजित छ । औपचारिकताका लागि विरोध कार्यक्रम तय गरेपनि सभापति शेरबहादुर देउवा नै निर्वाचनको पक्षमा रहेको अर्को पक्षको आरोप छ ।

कांग्रेस सडकमाः संसद विघटनविरुद्ध देशको १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन

कर्णाली प्रादेशिक फुटबल संघको अध्यक्षमा प्रमोद हमाल

कांग्रेस सडकमाः संसद विघटनविरुद्ध देशको १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन

अल्फा यातायातद्धारा अटोरिक्सा चालकलाई टायर वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *