घुँयत्राे: ग्यास आएन, मन्त्री गइन् : कर्मचारीतन्त्रले एकै झट्कामा उद्योग मन्त्रालय ‘खाली’ गरिदियो !

रास्वपाकै मुखपत्रका रुपमा चिनिने लालिगुराँस नामक समाचार संस्थाले दिएकाे जानकारी अनुसार उद्योग मन्त्री गाैरी कुमारी यादवले मन्त्री पदबाट राजिनामा दिएकि छिन । विगत १ मैनादेखि देशमा खाना पकनउने एलपि ग्याँसकाे सर्टेज भएकाे र उद्योग मन्त्रालयका कर्मचारी तन्त्र तथा ग्याँस विक्रेताहरु र उद्योगीहरुकाे मिलाेमताेमा ग्याँसमा चरम मनपरि भएर सर्वसाधारणले ग्याँकाे अभाव झेलेपछि यादबले मन्त्री पदबाट राजिनामा दिएकि हुन यश अघि विहिबार मात्रै कर्मचारी , माननीयहरु र ग्याँ ब्यापारीवीच छलफल हुँदा नै मन्त्रीले ग्यासकाे काराेबारमा संलग्न व्यवसायी र काराबारीहरुलाई ” पाता नकसेसम्म ग्याँस पनि सहज हुँदैन र कर्मचारीहरुकाे असहयोगका कारण आँफुले चाहेरनि कुनैकाम गर्न नसकेकाे ” गुनासाे गरेकि थिईन । उनले बारम्बार कर्मचारीकै कारण हिजाेकाे सरकारनि असफल भएकाे र आजकाे सरकारनि असफल हुन लागेकाे संकेत गर्दै कर्मचारीमा व्यापक परिवर्तन र सुधार नगरेसम्म देशका कुनै पनि समस्या समाधान हुन नसक्ने गुनासाे गरेकि उद्योग मन्त्रीले गुनासाेराखेकाे भाेलिपल्टै एक्कासी राजिनामा आएछि देशमा कर्मचारी र ग्याँस व्यवसायीहरुकाे गिराेह कति तगडा रहेछ भन्ने प्रष्ट भएकाेछ । साँच्चिकै उनले अघिल्लाे दिन भने जस्तै भाेलिपल्टनै त्याे गिराेहकाे आडमानै प्रधानमन्त्रीले उद्याेग मन्त्रीलाई राजिनामा दिएर घर जान सुझाएका हुन भने हिजाेकाे वलि वा प्रचण्डकाे सरकारमा कुनै भिन्नता देखिएन । किनभने हिजाे कर्मचारी र तिनका दलालहरुले जे भन्थे तत्कालीन सरकारलेनि त्यै गर्थ्याे भने ऐले नि त्यै भएकाे हाे भने सर्वसाधारण नागरिकले बालेनकाे सरकार भनेर नाक फुलाएर नबसेनि हुन्छ । देशमा ४६ सालमा भएकाे परिवर्तनसितै पुराना कर्मचारीहरुमन व्यापक परिवर्तन गरिनु पर्ने कुरा प्रजातान्त्रिकका लडाइँमा हाेमिएका जनताले बारम्बार उठाएकाे कुरा हाे । तर राजनीतिक दलहरु आफू सत्तामा गएछि जनताकाे आवाज कैल्यै सुनेन् । जसकाे कारण भष्टाचारले देशनै चुलियाे । आैषधि किन्नेदेखि पानी खुवाउने जहाज चढनेदेखि रेलकाे बाटाे बनाउने सम्म अर्थात आकनशदेखि पातालसम्मका हरेक कुरामा भष्टाचारै भष्टाचार माैलायाे । भष्टाचारकाे अन्तयका लागि उठाएका आवाज हरेक पटककाे राजनीतिक परिवर्तन सितै बिलाएर गए आजभोलि भन्दा भन्दै करिब ४६ बर्षपछि ८२ भदाै २३/२४ मा भष्टाचारविरुध्दकाे आन्दोलन सफल भयाे । आन्दाेलन त सफल भयाे तर पनि जस्काे अन्त्यकाे लागि युवाहरुले ज्यानफाले त्याे लक्ष्य अँझै पूरा हाेला जस्ताे देखिएन । यद्यपि ऐले देशमा तिनै जेनजीले चाहेकाे दुई तिहाईकाे सरकारछ । तर पनि नत कर्मचारी परिवर्तन गर्न सकेकाेछ नत भष्टाचार कम गर्न । देशमा दैनिक कुनै न कुनै चिजकाे अभावछ । बजारमूल्य दैनिक बढेकाेछ । हिजाेभन्दा आज ५० प्रतिसतभन्दा बढि मूल्य बृध्दि भै रहेकाेछ । सरकार गर्दैन र सक्दैन केहि भन्दैन तर गर्नु पर्ने केही गर्न सक्दैन । तर गर्छु भनेर लिखित ढाढस दन कैल्यै छाेडेकाे छैन । पेट्रोल र डिजेलकाे हाँकार सकिन नपाउँदै सामान्य नागरिकलाईनै असर गर्ने ग्याँसकाे चरम अभबले जनता भाेकै सुत्ने अबस्था आएकाेछ । तर ग्याँसका दलालहरुले जनतालाई ग्याँस दिएर ग्याँस अभाबकाे समाधान खाेज्नुकाे सट्टा मन्त्रीलाई राजिनामा दिन लगाएर सरकारसित गर्धन जाेडेकाेछ । नेपालकाे निजामती प्रशासन यति भष्टाचारी र निर्मम छ कि उसलाई जनतासित हैनकि पैसासित मतलब छ । पैसाभनेछि ३ दिन जेठाे याे कर्मचारीलाई तहलाउन सम्भब त याे बालेन सरकार पनि सफल हुने देखियन । किनभने सरकार बनाउन लाएदेखिनै कर्मचारी प्रशानसित गुनासाे रहेकाे अभिव्यक्ति दिने दुईतिहाईकाे प्रधानमन्त्रीलाई कुन अदृष्य शक्तिले राेकेकाेछ । जनताले समेत भेउ पाउन सकेका छैनन्। आजदेखि ग्याँसकाे भाउ आक्कासिने हाेला । हेराैँ कति आक्कासिने रैछ । रास्वपाहरकाे सफल सरकार, जनता अभाबै अभाबमा मर्न तयार ! भन्दै चुपचाप बस्ने त हाेला ।





